default_image

7 years ago

May 4, 2019

इंग्ल्यान्डको संघर्षपूर्ण जित

127 views

0 Bookmark

एजेन्सी – आयरल्यान्डसँगको एक मात्र वान डे खेलमा पाहुना टोली इंग्ल्यान्डले संघर्षपूर्ण जित निकालेको छ । शुक्रबार राती सम्पन्न खेलमा इंग्ल्यान्ड ४ विकेटले विजयी भएको हो ।

आयरल्यान्डको डब्लिनमा वर्षाले प्रभावित खेलमा ओभर घटाएर ४५ मा झारिएको थियो । १ सय ९९ रनको लक्ष्य पछ्याएको इंग्ल्यान्डले ४२ ओभरमा ६ विकेट गुमाउँदै पुरा गर्यो । उसका लागि यसै खेलबाट इंग्ल्यान्डको टोलीमा डेब्यू गरेका बेन फोक्सले ७६ बलमा ३ चौका र १ छक्का सहित ६१ रनमा अविजित रहदै खेल जिताए ।

त्यस्तै टम करनले ५६ बलमा ५ चौका सहित ४६ रनमा अविजित रहे । एक समय १०१-६ को अवस्थामा पुगेको इंग्ल्यान्डलाई करन र फोक्सले सातौं विकेटका लागि अविजित रहँदै ९८ रनको साझेदी गर्दै जित पक्का गरे । ओपनर जेम्स भिन्स १८,डेविड मलान २४, जो रुट ७,कप्तान ओइन मोर्गन शून्य र डेविड विल्ली २० रनमा आउटभए पछि इंग्ल्यान्ड संकटमा परेको थियो ।

आयरल्यान्डका लागि जोशुआ लिटिलले ४ विकेट लिएपनि टोलीको हार टर्न सकेन । त्यस अघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको आयरल्यान्डले ४३.१ ओभरमा अल आउट हुँदै १ सय ९८ रनमा समेटिएको थियो ।

उसका लागि ओपनर पल स्टरर्लिङ्ग ३३,मार्क रिचर्ड अदिर ३२,जर्ज डोकरेल २४,एन्ड्रयू बलबर्नी २९ रनको योगदान दिए । इंल्यान्डका लागि लियाम प्लन्केट ४, टम कुरन ३,जोफ्रा आर्चर,आदिल राशिद र जो डेनलीले समान १ विकेट लिए । जोफ्रा आर्चरको डेब्यू खेल समेत हो ।

अव इंग्ल्यान्डले पाकिस्तानसँग एक टी ट्वान्टी र पाँच वान डे खेल खेल्ने छ ।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.