7 years ago
May 4, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट समर्थक समाज (एनसिएसएस) स्वर्गिय प्रमोद बज्राचार्य दोस्रो राष्ट्रिय सेवा सम्मान नेपाली महिला टोलीकी युवा खेलाडी कविता कुवँरलाई प्रदान गरेको छ ।

काठमाडौंमा आयोजित कार्यक्रम गर्दै कवितालाई २५ हजार रुपैयाँसहित सम्मान गरेको हो । एनसिएसएस अध्यक्ष विराज घिमिरेले कवितलाई चेक हस्तान्तरण गर्दै समान्न गरे । एनसिएसएस पूर्व कोषाध्यक्ष प्रमोद बज्राचार्यको गर्त वर्ष निधन भएको थियो । बज्राचार्यको स्मृतिमा अघिल्लो वर्ष एनसीएसएसले यो सम्मान युवा खेलाडी हरि बहादुर चौहानले प्रदान गरेको थियो ।
कविताले इमर्जिङ खेलाडीको रुपमा राष्ट्रिय सेवा सम्मानबाट सम्मानित भएकी हुन् । कविताले गत माघमा थाईल्यान्डमा सम्पन्न टी ट्वान्टी स्म्यास,फागुनमा आईसीसी वुमन्स विश्वकप छनोटमा उत्कृष्ट प्रर्दशन गरेकी थिन् । टेक्निकल कमिटीमा समाजका अध्यक्ष घिमिरे,महिला टोलीका प्रशिक्षक विनोद दास र नेपाल खेलकुद पत्रकार मन्चका अध्यक्ष देवेन्द्र सुवेदीले यो सम्मानमा कवित,अप्सरी बेगम र विन्दु रावल मनोनयनमा गरेका थिए ।
कविताले सम्मानपछि बोल्दै खुसी लागेको बताइन् । एनसीएसएसले विनोद नेपाललाई वेस्ट भोल्युन्टरबाट सम्मान गरेको छ । संस्थापक उपाध्यक्ष समेत रहेका विनोदले एनसीएसएस सिन्धुपाचोकलाई अघि बढाउन महत्वपूर्ण भुमिका खेलेको भन्दै समाजले सम्मान गरेको हो । यस्तै कार्यक्रममा नेपाली महिला टोलीका प्रमुख प्रशिक्षक विनोद दासले स्व प्रमोद बज्राचार्य कोषलाई १० हजार सहयोग गरे । कोषमा दुई लाख रहेको बतार्ईएको छ ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]