default_image

7 years ago

May 4, 2019

आर्मी लगातार केपिएल च्याम्पियन

147 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – विभागीय टोली त्रिभुवन आर्मी क्लबले दोस्रो संस्करणको वाईवाई कर्णाली प्रिमियर लिग (केपीएल) को उपाधि जितेको छ । न्यु होराइजन बुटवल लाई शनिबार फाइनलमा ५९ रनले पराजित गर्दै आर्मी च्याम्पियन बनेको हो । आर्मीले उपाधिसहित ५ लाख र दोस्रो भएको न्यु होराइजनले २ लाख रुपैयाँ प्राप्त गर्यो ।

सुर्खेतको कालिन्चोक क्रिकेट मैदानमा भएको खेलमा आर्मीले टस जितेर पहिला ब्याटिङ गर्दै २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ४६ रन बनाएको थियो । टोलीका लागि हरि बहादुर चौहानले ५६ बलमा ७ चौका प्रहार गरि ५६ रनको योगदान दिए । त्यस्तै राजु रिजाल ३४,कुशल मल्ल ६,रोहित कुमार पौडेल ७,सोमापाल कामी २ रनमा आउट हुँदा भिम सार्की २१ रनमा अविजित रहे । बुटबलका विकाश श्रेष्ठले २ विकेट लिए ।

१ सय ४७ रनको लक्ष्य पछ्याएको बुटवल १८.३ ओभरमा अल आउट हुँदै ८७ रनमा समेटियो । टोलीका विशाल सुनारले २६,निश्चल चौधरी १९,सुनिल धमला ११ र राहुल प्रजापतिले १२ रन बनाउन बाहेक अन्यले सम्झन योग्य प्रर्दशन गर्न सकेनन् ।

आर्मीका जितेन्द्र मुखिया र साहब आलमले समान ३ विकेट लिए । सुसन भारीले २ र सोमपाल कामीको नाममा १ विकेट रह्यो । बैशाख १२ देखी सुरु भएको लिगमा ८ टोलीको सहभागिता थियो । गत संस्करणको फाइनलमा आर्मीले आर्मीले रुपन्देहीलाई हराएको थियो ।

राष्ट्रिय टोलीबाट सन्न्यास लिई सकेका न्यु होराइजनका कप्तान शक्ति गौचन प्रतियोगिताकै उत्कृष्ट खेलाडी घोषित हुँदै नगद ५० हजार रुपैयाँ प्राप्त गरे। प्रतियोगिताको उत्कृष्ट ब्याट्सम्यान कर्णाली-११ का रबिन्द्र जंग शाही तथा उत्कृष्ट बलर आर्मीका सुसन भारी चुनिए । दुवैले जनही २० हजार नगद प्राप्त गरे ।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.