default_image

7 years ago

May 4, 2019

मिश्राको घातक बलिङमा दिल्लीलाई सामान्य लक्ष्य

121 views

0 Bookmark

एजेन्सी – लेग स्पिनर अमित मिश्राले घातक बलिङ गरेपछि इन्डियन प्रिमियर लिग (आईपीएल) मा राजस्थान रोयल्सले घरेलु टोली दिल्ली क्यापिटल्सलाई १ सय १६ रनको सामान्य लक्ष्य दिएको छ ।

दिल्लीको घरेलु मैदान फिरोज शाह कोटलामा टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको राजस्थानले २० ओभरमा ९ विकेट गुमाउँदै १ सय १५ रन बनायो । राजस्थानका लागि युवा खेलाडी रियान परागले रनको अर्ध शतकीयत इनिङ्ग खेल्दै राजस्थानलाई सम्मानजनक अवस्थामा पुर्याए ।

पराग आईपीएलमा अर्धशतक बनाउने सबैभन्दा कान्छा खेलाडी पनि बने । उनले १७ वर्ष १ सय ७५ दिनको उमेरमा अर्धशतक बनाए । अन्तिम बलमा ट्रेन्ट बोल्टले शेरफेन रदरफोर्डबाट क्याच गराउनु अघि परागले ४९ बलको सामना गरि ४ चौका र २ छक्का प्रहार गरे । अन्य कुैनपनि ब्याट्सम्यानले राम्रो प्रर्दशन गर्न सकेनन् ।

लियाम लिभिङ्गस्टोन १४,कप्तान अजिंक्या रहाणे २,सन्जु स्यामसन ५,श्रेयस गोपाल १२,स्टुअर्ट बिन्नी सुन्यमा आउट भए । कृष्णप्पा गौतम र इश सोधीले समान ६ रन बटुले । अमित मिश्राले ४ ओभरमा १७ रन खर्चेर ३ विकेट लिए । त्यस्तै इशान्त शर्माले ३,ट्रेन्ट बोल्टको नाममा २ विकेट रह्यो ।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.