default_image

6 years ago

May 4, 2019

सहज जितसँगै दिल्ली दोस्रो स्थानमा उक्लियो

93 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – दिल्ली क्यापिटल्स इन्डियन प्रिमियर लिग (आईपीएल) को दोस्रो स्थानमा उक्लिएको छ । शनिबार घरेलु मैदान फिरोज शाह कोटलामा राजस्थान रोयल्सलाई ५ विकेटले पराजित गर्दै दिल्लीले क्वालिफायरमा छनोट हुने सम्भावना बलियो बनाएको छ ।

राजस्थानले प्रस्तुत गरेको १ सय १६ रनको सामान्य लक्ष्य दिल्लीले ५ विकेट गुमाउँदै १७ औं ओभरमा प्राप्त गर्यो । दिल्लीका लागि ऋषभ पन्तले आक्रम अर्धशतक प्रहार गरे । उनले ३८ बलको सामना गर्दै २ चौका र ५ छक्काको मदतले नटआउट ५३ रन जोडे । दुवै ओपनरलाई लगातार बलमा गुमाएको दिल्लीलाई पन्तले जितसम्म डोर्याएका थिए ।

दिल्लीका लागि पृथ्वी शा ८, शिखर धवन १६, कप्तान श्रेयस ऐर १४ र कोलिन इन्ग्राम १२ रनमा आउट भए । शेरफान रदरफर्ड ११ तथा अक्षर पटेल १ रनमा नटआउट रहे । राजस्थानका लागि इश सोधीले ३ तथा श्रेयस गोपालले २ विकेट लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको राजस्थानले २० ओभरमा ९ विकेट गुमाउँदै १ सय १५ रन बनाएको थियो । युवा खेलाडी रियान परागले रनको अर्ध शतकीयत इनिङ्ग खेल्दै राजस्थानलाई सम्मानजनक अवस्थामा पुर्याए । अन्तिम बलमा ट्रेन्ट बोल्टले शेरफेन रदरफोर्डबाट क्याच गराउनु अघि परागले ४९ बलको सामना गरि ४ चौका र २ छक्का प्रहार गरे । अन्य कुैनपनि ब्याट्सम्यानले राम्रो प्रर्दशन गर्न सकेनन् ।

लियाम लिभिङ्गस्टोन १४,कप्तान अजिंक्या रहाणे २,सन्जु स्यामसन ५,श्रेयस गोपाल १२,स्टुअर्ट बिन्नी सुन्यमा आउट भए । कृष्णप्पा गौतम र इश सोधीले समान ६ रन बटुले । अमित मिश्राले ४ ओभरमा १७ रन खर्चेर ३ विकेट लिए । त्यस्तै इशान्त शर्माले ३,ट्रेन्ट बोल्टको नाममा २ विकेट रह्यो ।

यस जितसँगै दिल्लीले लिग चरणका सबै १४ खेल खेल्दै १८ अंक जोडेको छ । शीर्षस्थानको चेन्नई पनि समान १८ अंक जोड्दै रनरेटको आधारमा शीर्षस्थानमा छ । मुम्बईले १३ खेलमा १६ अंक जोड्दै दिल्लीलाई पछ्याईरहेको छ । राजस्थान भने १४ खेलमा ११ अंक जोड्दै छैटौं स्थानमा सिमित रहयो ।

December 12, 2024

युएईका अलराउन्डर हमिद चितवनमा अनुबन्ध

काठमाडौं(हाम्रो खेलकुद) – चितवन राइनोजले युएईका अलराउन्डर बासिल हमिदलाई बाँकी रहेको नेपाल प्रिमियर लिग(एनपिएल) को लागि टोलीमा भित्र्याएको छ । विदेशी खेलाडीका रुपमा चितवनले हमिदलाई टोलीमा भित्र्याएको बिहीवार जनाएको छ । हमिदले युएईको लागि निरन्तर प्रभाव पार्दै आएका छन् । उनले टी ट्वान्टीमा ७० खेल्दै ८ सय ५८ रन बनाउनुको साथै ३८ विकेट लिएका छन् […]

December 12, 2024

लारा भोलि नेपाल आइपुग्ने

काठमाडौं (हाम्रो खेलकुद) – वेस्ट इन्डिजका महान पूर्व क्रिकेटर ब्रायन लारा शुक्रवार नेपाल‌ आइपुग्ने भएका छन्। नेपाल क्रिकेट संघ (क्यान) ले लारा शुक्रवार बिहान ८ः२० मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्ने बिहीवार प्रेस विज्ञप्ति मार्फत जनाएको छ । क्यानका अनुसार लारा जारी रहेको नेपाल प्रिमियर लिग(एनपिएल) मा सहभागी हुन नेपाल आउन लागेका हुन् । एनपिएल कै […]

December 12, 2024

यू १९ एसिया कप खेल्ने नेपाली टोलीको बिदाइ

काठमाडौं(हाम्रो खेलकुद) – मलेसियामा शनिवार सुरु हुने एसिसी यु १९ महिला एसिया कपका लागि नेपाली युवा टोलीको बिदाइ गरिएको छ । नेपाल क्रिकेट संघ(क्यान) ले बिहीवार पुजा महतोको कप्तानीमा रहेको नेपाली टोलीको बिदाइ गरेको हो । गत महिना यु १९ महिला विश्व कपमा नेपाललाई पहिलो पटक छनोट गराउँन सफल टोलीकी १ खेलाडी परिवर्तन हुँदा २ […]

Success

Thank you for your time.