7 years ago
May 4, 2019
काठमाडौं (हाम्रो खेलकुद) – गण्डकी प्रदेशले १३ वर्षिय युवा खेलाडी अर्जुन कुमालले उत्कृष्ट ब्याटिङ गरेपछि मनमोहन स्मृति क्रिकेट सेन्टरको आयोजनामा जारी अन्तर प्रदेश यू–१६ राष्ट्रिय क्रिकेट प्रतियोगितामा पहिलो जित निकालेको छ । कर्णाली प्रदेशलाई ९ विकेटको फराकिलो अन्तरले पराजित गरेको हो ।

टियु क्रिकेट मैदानमा टस जितेर ब्याटिङ थालेको कर्णाली प्रदेशले २०.३ ओभरमा अल आउट हुँदै मात्र ८७ रनमा समेटियको थियो । उसका लागि दिलिप सुनारले सर्वाधिक ४४ रन बनाए । उनले ३७ बलमा ४ चौका र १ छक्का प्रहार गरे । युनिस बिक्रम सिंह ११ र मोहन गुरुङले ८ रन बनाउन बाहेक कर्णालीका अन्य कुनै पनि ब्याट्सम्यानले सम्झन योग्य प्रर्दशन गर्न सकेनन् । नितेश गिरी,अदित्य थापा,निसान कुवँर र शरद तिवारीले समान २ विकेट लिए ।
८८ रनको सामान्य लक्ष्य गण्डकीले २२ ओभरमा १ विकेट गुमाउँदै पुरा गर्यो । उसका लागि १३ वर्षिय खेलाडी अर्जुन कुमाल ५४ बलमा ५ चौका प्रहार गर्दै ४९ रनमा अविजित रहे । सिब्रीन श्रेष्ठ १७ रनमा आउट हुँदा सोहिल कुवँर ७ रनमा अविजित रहे ।
त्यस अघि आज पहिलो खेलमा प्रदेश नम्बर १ ले प्रदेश ५ लाई १ विकेटले पराजित गरेको थियो । टस जितेर पहिला ब्याटिङ थालेको प्रदेश पाँचले २८ ओभरमा अल आउट हुँदै १ सय २५ रन बनायो । प्रदेश पाँचका लागि प्रकाश गिरीले ५१ बलमा ५ चौका र २ छक्का प्रहार गर्दै ५८ रन प्रहार गरे । अभिषेक गौतमले २१ रन बनाउन बाहेक प्रदेश पाँचका अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन छुन सकेनन् । प्रदेश १ का विपिन महतोले ३,समिर तिमिल्सीनाले २ विकेट लिए ।
१ सय २६ रनको लक्ष्य प्रदेश १ ले ३० ओभरमा ९ विकेट गुमाएर पुरा गर्यो ।उसका लागि आइस्टीन रिजाल ४०,सुमन सुन्दास ४१,श्रीमरन राईले १० रनको योगदान दिए । प्रदेश पाँचका अभिषेक गौतमले ३ र रमश कुर्मीले २ विकेट लिए ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]