default_image

7 years ago

May 4, 2019

विलियमसन चम्कँदा बेंगलोरलाई ठूलो लक्ष्य

129 views

0 Bookmark

एजेन्सी – इन्डियन प्रिमियर लिग (आईपीएल) को ५४ औं खेलमा सनराइजर्स हैदरावादले रोयल च्यालेन्जर्स बेंगलोरलाई १ सय ७६ रनको मध्यम लक्ष्य दिएको छ । बेंगलोरको घरेलु मैदान चिन्नास्वामी स्टेडियमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको हैदरावादले २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ७५ रन बनायो ।

हैदरावादका लागि कप्तान केन विलियम्सनले जिम्मेवारीका साथ ब्याटिङ गर्दै ७० रनमा अविजित रहे । अन्तिम ओभरमा विलियम्सनले उमेश यादवलाई समान २ छक्का र चौका साथै भुवनेश्वर कुमारले १ चौका प्रहार गर्दै कुल २८ रन बटुलेपछि हैदरावादले बलियो योगफल तयार पार्न सफल भएको हो ।

विलियम्सनले ४३ बलमा ५ चौका र ४ छक्का गरे । विलियम्सन बाहेक हैदरावादका अन्य कुनै पनि ब्याट्सम्यानले जिम्मेवारीका साथ ब्याटिङ गर्न सकेनन् । सर्वाधिक रन बनाउने ओपनर डेविड वार्नर र जोनी बयरस्टो अष्ट्रेलिया फर्किएपछि हैदरावाद ठूलो समस्यामा छ ।

चौथोे ओभरको तेस्रो बलमा रिद्धीमान शाहलाई नन्दीप सैनीले उमेश यादवबाट क्याच गराउँदै २० रनमा पेभिलिएन फर्काए । शाहले ११ बलमा ४ चौका प्रहार गरे । दोस्रो विकेटका रुपमा आठौं ओभरको दोस्रो बलमा ठूलो शट खेल्ने धुनमा मार्टिन गुप्टिल ३० रनमा आउट भए । वाशिन्टन सुन्दरले विराट कोहलीबाट क्याच गराउनु अघि गुप्टिलले २३ बलमा समान २ चौका र छक्का प्रहार गरे । मनिष पान्डे ९ र विजय शंकर २७ रनमा क्याच आउट भए । दुबै खेलाडी ठूलो शट प्रहार गर्ने धुनमा खराव शट खेल्दै आउट भएका थिए ।

१७ ओभरको अन्तिम बलमा मोहम्मद नाबी पनि ठूलो शट खेल्ने धुनमा ४ रनमा क्याच आउट भए । हैदरावादको एक तर्फबाट विकेट गुमि रहँदा अर्को तर्फबाट केन विलियम्सनले रन जोडि रहे । बेंगलोरका वाशिन्टन सुन्दरले ३,नन्दीप सैनीले २,युजवेन्द्र चाहलले १ विकेट लिए ।

बेंगलोर लिग चरणबाट बाहिरि सकेको छ । उसको लागि आजको खेल प्रतिस्ठाको लडाई मात्र हुने छ । हैदरावादलाई भने प्ले अफको लागि यो खेल जित्नै पर्ने हुन्छ । यो जितले मात्र हैदरावाद प्ले अफमा पुग्ने छैन । कोलकताको नतिजा आईतबार आफु अनुकुुल आउनुपर्छ ।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.