default_image

7 years ago

May 5, 2019

हैदरावादलाई हराउँदै बेंगलोर पुछारबाट उक्लियो

145 views

0 Bookmark

एजेन्सी – रोयल च्यालेन्जर्स बेंगलोरले इन्डियन प्रिमियर लिग (आईपीएल) मा सुखद अन्त्य गरेको छ । शनिबार घरेलु मैदानमा सनराइजर्स हैदरावादलाई ४ विकेटले पराजित गर्दै सुखद अन्त्य गरेको हो । १ सय ७६ रनको विशाल लक्ष्य पछ्याएको बेंगलोरले १९.२ ओभरमा ६ विकेट गुमाउँदै पुरा गर्यो ।

बेंगलोरका लागि युवा खेलाडी शिम्रन हिटमायरले ७५ रनको उत्कृष्ट इनिङ्स खेले । १८ ओभरको चौथो बलमा राशिद खानले विजय शंकरबाट क्याच गराउनु अघि ४७ बलमा ४ चौका र ६ छक्का प्रहार गरे । चौथो विकेटका लागि गुरकीरतसिंह मान र हिटमायरले १ सय ४४ रनको कीर्तिमानी साझेदारी गरेपछि हैदरावाद पराजित हुन पुगेको हो । चौथो विकेटका लागि यो आईपीएलकै उच्च साझेदारी हो ।

उत्कृष्ट ब्याटिङ गरेका गुरकीरतसिंह ४८ बलमा ८ चौका र १ छक्का प्रहार गर्दै ६५ रनमा आउट भए । सिंहलाई खलिल अहमदले युसुफ पठानबाट क्याच गराए ।

पहिलो ओभरको तेस्रो बलमै भुवनेश्वकर कुमारले पार्थिव पटेललाई मनिष पान्डेबाट क्याच गराउँदै सुन्यमा पेभिलिएन फर्काए । दोस्रो ओभरको पाँचौ बलमा खलिल अहमदले रिद्धीमान शाहबाट क्याच गराउनु अघि कप्तान विराट कोहलीले ७ बलमा २ चौका र १ छक्का प्रहार गर्दै १६ रन जोडे । ठिक एक ओभरपछि कुमारले मार्टिन गुप्टिलबाट एवी डि भिलियर्सलाई १ रनमा क्याच आउट गराएका थिए ।हैदरावादका खलिल अहमद ३ र भुवनेश्वर कुमारले २ र राशिद खानले १ विकेट लिए ।

त्यसअघि बेंगलोरको घरेलु मैदान चिन्नास्वामी स्टेडियमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको हैदरावादले २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ७५ रन बनाएको थियो ।

हैदरावादका लागि कप्तान केन विलियम्सनले जिम्मेवारीका साथ ब्याटिङ गर्दै ७० रनमा अविजित रहे । अन्तिम ओभरमा विलियम्सनले उमेश यादवलाई समान २ छक्का र चौका साथै भुवनेश्वर कुमारले १ चौका प्रहार गर्दै कुल २८ रन बटुलेपछि हैदरावादले बलियो योगफल तयार पार्न सफल भएको हो ।विलियम्सनले ४३ बलमा ५ चौका र ४ छक्का गरे । विलियम्सन बाहेक हैदरावादका अन्य कुनै पनि ब्याट्सम्यानले जिम्मेवारीका साथ ब्याटिङ गर्न सकेनन् । सर्वाधिक रन बनाउने ओपनर डेविड वार्नर र जोनी बयरस्टो अष्ट्रेलिया फर्किएपछि हैदरावाद ठूलो समस्यामा छ ।

चौथोे ओभरको तेस्रो बलमा रिद्धीमान शाहलाई नन्दीप सैनीले उमेश यादवबाट क्याच गराउँदै २० रनमा पेभिलिएन फर्काए । शाहले ११ बलमा ४ चौका प्रहार गरे । दोस्रो विकेटका रुपमा आठौं ओभरको दोस्रो बलमा ठूलो शट खेल्ने धुनमा मार्टिन गुप्टिल ३० रनमा आउट भए । वाशिन्टन सुन्दरले विराट कोहलीबाट क्याच गराउनु अघि गुप्टिलले २३ बलमा समान २ चौका र छक्का प्रहार गरे । मनिष पान्डे ९ र विजय शंकर २७ रनमा क्याच आउट भए । दुबै खेलाडी ठूलो शट प्रहार गर्ने धुनमा खराव शट खेल्दै आउट भएका थिए ।

१७ ओभरको अन्तिम बलमा मोहम्मद नाबी पनि ठूलो शट खेल्ने धुनमा ४ रनमा क्याच आउट भए । हैदरावादको एक तर्फबाट विकेट गुमि रहँदा अर्को तर्फबाट केन विलियम्सनले रन जोडि रहे । बेंगलोरका वाशिन्टन सुन्दरले ३,नन्दीप सैनीले २,युजवेन्द्र चाहलले १ विकेट लिए ।

योसँगै हैदरावादको अघिल्लो चरण कठिन बनेको छ । आईतबार मुम्बईसँग कोलकता फराकिलो अन्तरले पराजित भए नेट रन रेटमा हैदरावाद र कोलकता मध्य एक टोली प्ले अफ पुग्ने छ । कोलकता विजयी भए हैदरावादको अघिल्लो चरण समाप्त हुने छ । चेन्नई,मुम्बई र दिल्ली प्ले अफमा पुगि सकेका छन् । बेंगलोरले १४ खेलमा ५ मा जित र ८ मा हारका साथ सातौं स्थानमा रहँदै यो संस्करणको आईपीएल अन्त्य गरेको छ ।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.