default_image

7 years ago

May 5, 2019

दुई खेल, ६ टोलीको भविष्य !

146 views

0 Bookmark

एजेन्सी – इन्डियन प्रिमियर लिग (आईपीएल) मा आज लिग चरणका अन्तिम दुई खेल हुँदै छन् । यी दुई खेलको नतिजाले ६ टोलीको भविष्य निर्धारण गर्ने छ ।

पहिलो खेलमा चेन्नई सुपर किंग्स र किंग्स इलाभेन पन्जाबले प्रतिस्पर्धा गर्ने छन् । खेल नेपाली समय अनुसार पन्जाबको घरेलु मैदान मोहालीमा ४ : १५ देखी सुरु हुनेछ । चेन्नई सुपर किंग्स आजको खेलमा विजयी भए क्वालिफायरमा पुग्ने छ । पराजित भएपनि चेन्नई क्वालिफायरमा स्थान बनाउन सक्ने उच्च संभावना छ ।

चेन्नईले जारी आईपीएलमा १३ खेलमा ९ मा जित र ४ मा हारका साथ शीर्ष स्थानमा छ । १३ खेलमा ५ मा जित र ८ मा हारका साथ पुछारमा रहेको पन्जाब आजको खेलमा फराकिलो अन्तरले विजयी भए र अर्को खेलमा कोलकता मुम्बईसँग फराकिललो अन्तरले पराजित भएको अवस्थामा प्ले अफको झिनो अंक गणीतिय संभावना रहन्छ । यद्यपी कोलकता र हैदरावादको भन्दा पन्जाबको सम्भावना निकै कम छ ।

त्यस्तै आजको दोस्रो खेलमा मुम्बई इन्डियन्स र कोलकता नाइट राइडर्सबीच प्रतिस्पर्धा हुने छ । खेल बेलुका ८ : १५ देखी मुम्बईको घरेलु मैदान वानखडेमा हुने छ । मुम्बई विजयी हुँदा सन्दीपको टिम दिल्ली क्यापिटल्सलाई धक्का लाग्ने छ ।

मुम्बई विजयी भए सोझै क्यालिफायर प्रवेश गर्ने छ । त्यस्तै कोलकताको लागि यो खेल निर्णायक हुने छ । विजयी भए स्वत: प्ले अफमा पुग्ने छ । पराजित भए नेट रन रेटमा निर्भर रहने छ । नेट रन रेट हैदरावादको भन्दा कमजोर हुँदा पराजित भएको खण्डमा अघिल्लो चरणको संभावना कम देखिन्छ । कोलकताले हार्दा हैदरावादको भाग्य चम्किने निश्चित छ । मुम्बई १३ खेलमा ८ मा जित र ५ मा हारका साथ तेस्रो स्थानमा छ । त्यस्तै कोलकता १३ खेलमा ६ मा जित र ७ मा हारका साथ पाँचौ स्थानमा छ ।

आज मुम्बई,चेन्नई र दिल्ली मध्य दुई टोलीको क्यावालिफायरको निर्धारण गर्नेछ । त्यस्तै हैदरावाद, पन्जाव र कोलकता मध्य एक टोली प्ले अफमा पुग्दा २ टोली लिग चरणबाट बाहिरिने छन् । बेंगलोर र राजस्थान समुह चरणबाटै बाहिरि सकेका छन् ।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.