7 years ago
May 5, 2019
काठमाडौं (हाम्रो खेलकुद)– तेस्रो संस्करणको प्रधानमन्त्री कप एक दिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगिता जेठ पहिलो साता आयोजना हुने भएको छ । राष्ट्रिय खेलकुद परिषद (राखेप) को आयोजना र नेपालय इन्टरनेसनल प्रा लिको सहकार्यमा प्रधानमन्त्री कप आयोजना हुने आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो ।

प्रतियोगिता जेठ १ गते देखी २४ गते सम्म कीर्तिपुरस्थित त्रिवि मैदानमा हुने नेपालय इन्टरनेसनका अध्यक्ष सुवास प्रधानले जानकारी दिए । हरेक दिन एक खेल आयोजना हुनेछ ।
प्रतियोगितामा ७ प्रदेश र तीन विभागिय गरि १० टोलीको सहभागिता रहनेछ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । राउन्ड रोविन लिग पछि समूहका शीर्ष २ टोली सेमिफाइनल पुग्नेछन् ।
राष्ट्रिय टोलीका सदस्यले प्रधानमन्त्री कप खेल्नुपर्ने राखेप सदस्य सचिव केशवकुमार विष्टले प्रष्ट पारेका छन् । ‘हामीले राष्ट्रिय टोलीका प्रशिक्षकलाई राष्ट्रिय टोलीका सबै सदस्यले खेल्नु पर्ने जानकारीसहितको पत्र पठाइसकिएको छ,’ सदस्य सचिव विष्टले भने,‘ कारणवश खेल्न नसक्दा एउटा विषय भयो । अन्यथा हामी त्यसरी भाग नलिने खेलाडीलाई स्पष्टिकरण सोध्ने छौं ।’
प्रधानमन्त्री कपको विजेताले उपाधिसहित २० लाख रुपैयाँ प्राप्त गर्ने छ । दोस्रो हुने टोलीले १० लाख रुपैयाँ पाउनेछ । प्रतियोगिताकै उत्कृष्ट खेलाडीले मोटर साइकल पाउने
छन् । त्यस्तै उत्कृष्ट ब्याट्सम्यान र बलरले समान ५० हजार प्राप्त गर्ने छन् ।
प्रतियोगितामा एक हातले क्याच लिने दर्शकले ५० हजार रुपैयाँ पाउने छन् । १ करोड ७५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको प्रतियोगितामा ५० लाख रुपैयाँ पुरस्कारका लागि मात्र छुट्याइएको थियो ।
प्रतियोगिताका लागि राखेपले ८० लाख रुपैयाँ उपलब्ध गराउने बताइएको छ । प्रधानमन्त्री कप क्रिकेट राखेप र नेपालय इन्टरनेसनलको सहकार्यमा प्रतियोगिता हुन लागेको यो दोस्रो पटक हुन लागेको हो । गत वर्ष नेपाल एपिएफ क्लबले त्रिभुवन आर्मी क्लबलाई ६ विकेटले हराउँदै उपाधि जितेको थियो ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]