default_image

7 years ago

May 5, 2019

हारका बाबजुद चेन्नई क्वालिफायरमा

225 views

0 Bookmark

एजेन्सी – इन्डियन प्रिमियर लिग (आईपीएल) को ५५ औं खेलमा चेन्नई सपुर किंग्स किंग्स इलाभेन पन्जाबसँग ६ विकेटले पराजित भएको छ । यद्यपी चेन्नई क्वालिफायर भएको छ । १ सय ७१ रनको विजयी लक्ष्य पछ्याएको पन्जाबले १८ ओभरमा४ विकेटको क्षतिमा सहजै पुरा गर्यो ।

पन्जावका लागि ओपनर के एल राहुलले ३६ बलमा ७ चौका र ५ छक्का प्रहार गर्दै ७१ रनको महत्वपूर्ण पाली खेलेपछि चेन्नई पराजित हुन पुगेको हो । पन्जावका अन्य क्रिस गेल २८,निकोलस पुरन ३६ रनमा आउट भए । मन्दीप सिंह ११ र साम कुनर ७ रनमा अविजित रहे । चेन्नईका हरभजन सिंहले ३ र रविन्द्र जडेजाले १ विकेट लिए ।

त्यस अघि पन्जावको घरेलु मैदान मोहालीमा टस हारेर पहिला ब्याटिङ थालेको चेन्नईले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ७० रन बनाएको थियो । चेन्नईलाई बलियो योगफल सम्म पुर्याउन ओपनर फाफ डु प्लेसिसले सानदार ब्याटिङ गरे । तर शतक पुरा गर्न ४ रनले चुक्न पुगे । १९ ओभरको चौथो बलमा योर्कर बलमा साम कुरनले डु प्लेसिसलाई ९६ रनमा बोल्ड आउट गरेपछि सतक बनाउन चुकेका हुन् । उनले ५५ बलमा १० चौका र ४ छक्का प्रहार गरे ।

डु प्लेसिसले दोस्रो विकेटका लागि सुरेश रैनासँग १ सय २० रनको साझेदारी गरेपछि चेन्नईले बलियो योगफल तयार पार्न सफल भएको हो । यी दुई बीचको शतकीय साझेदारी साम कुरनले १७ ओभरको चौथो बलमा मोहम्मद सामीबाट क्याच गराउँदै तोडेका थिए । रैनाले ३८ बलमा ५ चौका र २ छक्का सहित ५३ रन बटुले ।

त्यस अघि पाँचौ ओभरको पहिलो बलमा करनलेनै अर्का ओपनर शेन वानटशनलाई ७ रनमा बोल्ड आउट गर्दै पन्जावलाई पहिलो सफलता दिलाएका थिए । कप्तान महेन्द्र सिंह धोनी १० रनमा अविजित रहे । पन्जावका साम कुनरले ३ र मोहम्मद सामीले २ विकेट लिए ।

यो जितका बाजुत पनि पन्जाव अघिल्लो चरणमा प्रवेश गर्न सकेन । पन्जाव १४ खेलमा ६ मा जित र ८ मा हारका साथ छैटौं स्थानमा रहँदै यो सिजनको आईपीएल अन्त्य गरेको छ । चेन्नई भने १४ खेलमा ९ मा जित र ५ मा हारका साथ शीर्ष रहँदै क्वालिफायर भएको हो । चेन्नईले अव क्वालिफायरमा दिल्ली र मुम्बई मध्य एक टोलीसँग खेल्ने छ । मुम्बई र कोलकताबीचको खेल हुँदै छ ।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.