7 years ago
May 5, 2019
एजेन्सी – इन्डियन प्रिमियर लिग (आईपीएल)को लिग चरणको अन्तिम खेलमा कोलकता नाइट राइडर्सले मुम्बई इन्डियन्सलाई १ सय ३४ रनको समान्य लक्ष्य दिएको छ ।

मुम्बईको घरेलु मैदान वानखडेमा टस हारेर पहिला ब्याटिङ थालेको कोलकताले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ३३ रन बनायो । कोलकताका लागि रोविन उथप्पाले ४० रन बनाए । उथप्पा ४७ बलमा १ चौका र ३ छक्का प्रहार गरे ।
ओपनर सुभमन गिल र क्रिस लिनले पहिलो विकेटका लागि ६ ओभरमा ४९ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । सातौ ओभरको पहिलो बलमा हार्दिक पान्ड्याले गिललाई ९ रनमा एलवी डब्लू आउट गरे । नबौं ओभरको दोस्रो बलमा लिनलाई पान्ड्यालेनै क्विन्टन डी ककबाट ४१ रनमा क्याच आउट गराए ।
लिनले २९ बलमा ४ छक्का र २ चौका प्रहार गरे । १३ औं ओभरको चौथो बलमा दिनेश कार्तिक र पाँचौ बलमा आन्द्रे रसेललाई लाथिस मलिङ्गाले क्याच आउट गराएपछि कोलकता संकटमा परेको थियो । रसेल डक र कार्तिक ३ रनमा आउट भए ।
तल्लोक्रमका नितेश रानाले १३ बलमा ३ चौका सहित २६ रनको योगदान दिए । मलिङ्गाले ४ ओभरमा ३५ रन खर्चेर ३ विकेट लिए । त्यस्तै हार्दिक पान्ड्या र जसप्रित बुमराको नाममा समान २ विकेट रह्यो । मुम्बई आजको खेलमा विजयी भए क्यालिफायरमा स्थान बनाउने छ । कोलकता विजयी भए प्ले अफमा पग्ने छ ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]