default_image

7 years ago

May 5, 2019

यू१६ क्रिकेट सेमिफाईनल समिकरण पुरा

126 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– मनमोहन मेमोरियल क्रिकेट सेन्टरको आयोजनामा टियु मैदानमा जारी अन्तर प्रदेश यू१६(राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाईनल समिकरण पूरा भएको छ । समुह ‘ए’ बाट सुदुरपश्चिम समूह विजेता र प्रदेश नम्बर ३ उप विजेता हुँदै सेमिफाइनल प्रवेश गरेका छन् ।

त्यस्तै समुह ‘बी’ बाट प्रदेश नम्बर २ विजेता र प्रदेश १ उप विजेता बनेका छन् । सोमबार पहिलो सेमिफाइनलमा सुदूरपश्चिमले प्रदेश १ सँग खेल्ने छ । दोस्रो सेमिफाइनलमा प्रदेश २ ले प्रदेश ३ को सामना गर्नेछ ।

टीयू मैदानमा आइतबार प्रदेश ३ ले टस जितेर ब्याटिङ गर्दै २७।५ ओभरमा अलआउट हुदै १ सय ३१ रन बनाएको थियो । प्रदेश ३ का क्रिस कार्कीले सर्वाधिक ४६ रनको योगदान दिए । ४४ बलको सामना गरेका उनले ६ चौका र १ छक्का प्रहार गरे ।

यस्तै सम्राट भुषालले २७ तथा विपिन बिक्रम शाहीले १६ रन बनाउनु बाहेक अन्य राम्रो प्रर्दशन गर्न सकेनन् । सुदूरपश्चिम प्रदेशका संदेश भट्ट र आशिष भट्टले समान ३(३ विकेट लिए । यस्तै वरलिन गिरीले २, गोबिन्द विष्ट र सचिन बदायाकले समान १ विकेट लिए ।

१ सय ३२ रनको विजयी लक्ष्य पछ्याएको सुदूरपश्चिम प्रदेशले २६।२ ओभरमा २ विकेट गुमाएर पुरा गर्यो । उसको जितमा सुवाश ऐरले ६१ रन बनाउदै सहज जिताए । ऐरले ४ चौका र १ छक्का प्रहार गरे ।

अरुण महरा ३६, दलाल ऐरले १० तथा संदेश भट्टले १५ रनको योगदान दिएका थिए । प्रदेश ३ का तिलक भण्डारी र दिपक बोहराले समान १ विकेट लिए । त्यस्तै पहिलो खेलमा प्रदेश नम्बर दुई ले ५ लाई १६ रनले हराउँदै सेमिफाइनलमा प्रवेश गरेको थियो ।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.