default_image

7 years ago

May 5, 2019

मुम्बई क्यालिफायरमा, सन्दीपको दिल्लीले एलिमिनेटर खेल्ने

135 views

0 Bookmark

एजेन्सी – मुम्बई इन्डियन्स इन्डियन प्रिमियर लिग (आईपीएल) को क्वालिफायरमा प्रवेश गरेको छ । आईतबार राती सम्पन्न खेलमा कोलकता नाइट राइडर्सलाई ९ विकेटले पराजित गरेपछि शीर्ष स्थानमा रहँदै मुम्बई क्वालिफायरमा प्रवेश गरेको हो ।

मुम्बईले क्वालिफायरमा चेन्नई सुपर किंग्ससँग मंगलबार खेल्ने छ । मुम्बई विजयी भएसँगै सन्दीप लामिछाने सम्मिलित दिल्ली भने तेस्रो स्थानमा झरेको छ । यो सँगै दिल्लीले बुधबार एलिमिनिटर खेल सनराइजर्स हैदरावादसँग खेल्ने छ ।

समान १२ अंक भएपछि नेट रन रेटमा कोलकतालाई पछि पार्दै हैदरावाद प्ले अफमा पुगेको छ । हैदरावादे दिल्लीसँग एलिमिनिटर खेल्ने छ । एलिमिनिटरको विजेताले चेन्नई र मुम्बईसँगको खेलमा पराजित हुने टोलीसँग फाईनलको लागि प्रतिस्पर्धा गर्ने छ ।

१ सय ३४ रनको लक्ष्य मुम्बईले १६.१ ओभरमा १ विकेटको क्षतिमा पुरा गर्यो । मुम्बईको सहज जितमा कप्तान रोहित शर्माले ४८ बलमा ८ चौका सहित ५५ रनमा अविजित रहे । त्यस्तै क्विन्टन डी ककले २३ बलमा ३ छक्का र १ चौका सहित ३० रनमा आउट भए । सुर्य कुमार यादव ४६ रनमा अविजित रहे । यादवले २७ बलमा ५ चौका र २ छक्का प्रहार गरे । कोलकताका लागि एक मात्र विकेट प्रसिद्ध कृष्णले लिए ।

त्यस अघि मुम्बईको घरेलु मैदान वानखडेमा टस हारेर पहिला ब्याटिङ थालेको कोलकताले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ३३ रन बनाएको थियो । कोलकताका लागि रोविन उथप्पाले ४० रन बनाए । उथप्पा ४७ बलमा १ चौका र ३ छक्का प्रहार गरे ।

ओपनर सुभमन गिल र क्रिस लिनले पहिलो विकेटका लागि ६ ओभरमा ४९ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । सातौ ओभरको पहिलो बलमा हार्दिक पान्ड्याले गिललाई ९ रनमा एलवी डब्लू आउट गरे । नबौं ओभरको दोस्रो बलमा लिनलाई पान्ड्यालेनै क्विन्टन डी ककबाट ४१ रनमा क्याच आउट गराए ।

लिनले २९ बलमा ४ छक्का र २ चौका प्रहार गरे । १३ औं ओभरको चौथो बलमा दिनेश कार्तिक र पाँचौ बलमा आन्द्रे रसेललाई लाथिस मलिङ्गाले क्याच आउट गराएपछि कोलकता संकटमा परेको थियो । रसेल डक र कार्तिक ३ रनमा आउट भए ।

तल्लोक्रमका नितेश रानाले १३ बलमा ३ चौका सहित २६ रनको योगदान दिए । मलिङ्गाले ४ ओभरमा ३५ रन खर्चेर ३ विकेट लिए । त्यस्तै हार्दिक पान्ड्या र जसप्रित बुमराको नाममा समान २ विकेट रह्यो ।

मुम्बई १४ खेलमा ९ मा जित र ५ मा हारका साथ १८ अंक जोड्दै शीर्ष स्थानमा रहेर क्वालिफायरमा स्थान बनाएको हो । चेन्नईले समान खेल र नतिजाका साथ दोस्रो स्थानमा रहेपछि क्वालिफायर पक्का भएको हो । दिल्ली क्यापिटल्सले १४ खेलमा ९ मा जित र ५ मा हार सहित १८ अंक भएपनि नेट रन रेटका कारण तेस्रो स्थानमा पुगेको हो । १४ खेलमा ६ मा जित र ८ मा हारका साथ चौथो स्थानमा रहदै हैदरावादले प्ले अफमा स्थान बनाउदै दिल्लीसँग एलिमिनिटर पक्का गरेको हो ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.