7 years ago
May 6, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्का झन्डै ६ महिना पछि घरेलु क्रिकेटमा फर्कने भएका छन् । पारसले अर्को महिना राजधानीमा सुरु हुने प्रधानमन्त्री कप एक दिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगिताको तेस्रो संस्करण खेल्ने भएका छन् ।

प्रधानमन्त्री कप जेठ १ गते देखि कीर्तिपुरस्थित त्रिवि मैदानमा सञ्चालन हुँदैछ । उनले पछिल्लो पटक पुसमा भएको एभरेष्ट प्रिमियर लिग (इपिएल) विराटनगर वारियर्सबाट खेलेका थिए । फागुनमा भएको धनगढी प्रिमियर लिग (डिपिएल) भने उनले खेलेका थिएनन् । यसै महिना नेपालगन्जमा सम्पन्न आठौ राष्ट्रिय खेलकुदमा पनि पारस व्यक्तिगत कारणले अनुपस्थित रहेका थिए ।
प्रधानमन्त्री कप पनि उनले पहिलो पटक खेल्न लागेका हुन् । पछिल्लो दुइ संस्करण देश बाहिर रहेका कारण खेल्न नपाएको पारसले हाम्रो खेलकुदलाई बताएका छन् । पारसले यसपटक प्रदेश नम्बर ३ बाट प्रधानमन्त्री कप क्रिकेट खेल्ने जानकारी दिए ।
‘आठौं राष्ट्रिय खेलकुद पनि व्यक्तिगत कारणले खेल्न पाएको थिइंन’, उनले भने,‘ यसपटक भने खेल्ने तयारीमा छु । ’ प्रधानमन्त्री कप आयोजनाका विषयमा आइतबार पत्रकार सम्मेलनमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव केशवकुमार विष्टले राष्ट्रिय टोलीका खेलाडीले प्रधानमन्त्री कप खेल्नुपर्ने बताएका थिए ।
‘म यसपटक पीएम कप खेल्ने छु । परिषदले अनिवार्य खेल्नुपर्छ भन्नु स्वभाविक हो । हरेक आयोजकलाई राष्ट्रिय खेलाडी प्रतियोगितामा खेलोस् भन्ने हुन्छ ,’ उनले भने,‘ अघिल्ला दुई संस्करण म देश बाहिर रहँदा खेल्न पाईंन । तर यसपटक म एपीएफबाट भने खेल्ने छैन, प्रदेश ३ को प्रतिनिधित्व गर्नेछु ।’

लामो समय एपिएफबाट खेलेका पारसले यसपटक भने प्रदेशबाट खेल्न लागेका हुन् । ‘प्रदेशको संरचना बलियो बनाउन म प्रदेश ३ बाट खेल्न लागेको हुँ । एपीएफबाट मेरो सम्झौता पनि तीन वर्ष अघि नै सकिएको छ’ , उनले भने,‘ सम्झौता थप्ने कुरा त भइरहेको थियो । अहिले एपीएफमा युवा खेलाडी आएका छन् र ती खेलाडीले मौका पाउन भनेर मैले सम्झौता गरिन ।’
पारसले पछिल्लो पटक एपीएफबाट वि.सं. २०७३ मा विराटनगरमा भएको सातौं राष्ट्रिय खेलकुद खेलेका थिए । जसमा एपीएफले स्वर्ण पदक जितेको थियो । प्रधानमन्त्री कपमा ७ प्रदेश र तीन विभागिय गरि १० टोलीको सहभागिता रहनेछ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । राउन्ड रोविन लिग पछि समूहका शीर्ष २ टोली सेमिफाइनल पुग्नेछन् ।
प्रधानमन्त्री कपको विजेताले उपाधिसहित २० लाख रुपैयाँ प्राप्त गर्ने छ । दोस्रो हुने टोलीले १० लाख रुपैयाँ पाउनेछ । प्रतियोगिताकै उत्कृष्ट खेलाडीले मोटर साइकल पाउने छन् । त्यस्तै उत्कृष्ट ब्याट्सम्यान र बलरले समान ५० हजार प्राप्त गर्ने छन् । प्रतियोगितामा एक हातले क्याच लिने दर्शकले ५० हजार रुपैयाँ पाउने छन् ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]