default_image

5 years ago

May 6, 2019

सुदूरपश्चिम र प्रदेश दुई उपाधिका लागि भिड्ने

काठमाडौं (हाम्रो खेलकुद) – मनमोहन मेमोरियल अन्तर प्रदेश यू१६-राष्ट्रिय क्रिकेट प्रतियोगितामा उपाधिको लागि सुदूरपश्चिम र प्रदेश २ भिड्ने भएका छन् । सोमबार भएको पहिलो सेमिफाइनल खेलमा प्रदेशले प्रदेश १ लाई ३० रनले पराजित गर्दै सुदूरपश्चिम फाइनलमा प्रवेश गरेको थियो । दोस्रो सेमिफाइनलमा प्रदेश तीनलाई प्रदेश २ ले ४ विकेटले पराजित गर्दै उपाधिको लागि सुदूरपश्चिमसँग भेट […]

23 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – मनमोहन मेमोरियल अन्तर प्रदेश यू१६-राष्ट्रिय क्रिकेट प्रतियोगितामा उपाधिको लागि सुदूरपश्चिम र प्रदेश २ भिड्ने भएका छन् ।

सोमबार भएको पहिलो सेमिफाइनल खेलमा प्रदेशले प्रदेश १ लाई ३० रनले पराजित गर्दै सुदूरपश्चिम फाइनलमा प्रवेश गरेको थियो । दोस्रो सेमिफाइनलमा प्रदेश तीनलाई प्रदेश २ ले ४ विकेटले पराजित गर्दै उपाधिको लागि सुदूरपश्चिमसँग भेट पक्का गर्यो ।

टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको प्रदेश ३ ले निर्धारित ३० ओभरमा ९ विकेट गुमाउँदै १ सय २१ रन बनाएको थियो । उसका लागि आईस भट्टराईले सर्वाधिक २७, प्रशान्त महत २२, विपिन विक्रम शाही १३, तिलक भण्डारी १५, कृष कार्की ११ रन बनाउन बाहेक अन्यले राम्रो प्रर्दशन गर्न सकेनन् । प्रदेश दुईका शेख इमरान र अरबाज अन्सारीले समान २ विकेट लिए । त्यस्तै बी पटेल र निखिल सिंहको नाममा १ विकेट रह्यो ।

१ सय २२ रनको लक्ष्य पछ्याएको प्रदेश दुईले २५ ओभरमा ६ विकेट गुमाएर पुरा गर्यो । उसका लागि मेगराज महोरा ६४ बलमा ५ चौका सहित ४७ रनमा अविजित रहे । रोहन बिक २१ र निखिल सिंहले ३२ रन बटुल्दै सहजै जित पक्का गरे । प्रदेश तीनका कृष कार्की र तिलक भण्डारीले समान २ विकेट हात पारे । फाइनल खेल मंगलबार टियु क्रिकेट मैदानमा १० बजे सुरु हुनेछ ।

विजेता टोलीले ५ लाख प्राप्त गर्ने छ । विजेताले २ लाख ५० हजार नगद साथै २ लाख ५० हजारको खेलकुद सामग्री प्राप्त गर्ने आयोजकले जनाएको छ । त्यस्तै उप विजेता टोलीले १ लाख २५ हजार नगद र सो सरहको खेलकुद सामग्री पाउने छ ।

May 3, 2024

रोमाञ्चक खेलमा हैदराबाद १ रनले विजयी

एजेन्सी – सनराईजर्स हैदराबादले राजस्थान रोयल्स माथि रोमाञ्चक जित जीत दर्ता गरेको छ । अन्तिम बलसम्म पुगेको खेलमा राजस्थानलाई हैदराबादले १ रनले पराजित गरेको हो । २०२ रनको लक्ष्य पछ्याएको हैदराबादलाई अन्तिम दुई ओभरमा जितका लागि २० रनको आवश्यकता रहेको थियो । १९औं ओभरमा कप्तान प्याट कमिन्सले ७ रन मात्र दिए । अन्तिम ओभरमा १३ […]

May 2, 2024

कर्णाली राष्ट्रिय लिगमा छनोट हुँदा मधेश बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद) – महिला राष्ट्रिय लिगको छनोट प्रतियोगिता अन्तर्गत घरेलु टोली कर्णाली आफ्नो अन्तिम खेलमा गण्डकी प्रदेशलाई पराजित गर्दै राष्ट्रिय लिगमा छनोट भएको छ । विहीबार विहान सुर्खेतको कर्णाली प्रदेश रंगशालामा गण्डकीमाथि २-० को जित दर्ता गर्दै कर्णालीले अंक तालिकाको तेस्रो स्थान पक्का गर्यो । वर्षा ओली र संजिता बम्जनले १-१ गोल गर्दै टोलीको […]

May 2, 2024

वेस्ट इन्डिज ‘ए’ लाई एक खेल अगावै सिरिज उपाधि 

काठमाडौं (हाम्रो खेलकुद) – वेस्ट इन्डिज ‘ए’ ले एक खेल बाँकी छँदै नेपाल विरुद्धको टि-२० सिरिज उपाधि जितेको छ । बिहिवार भएको चौथो खेलमा पनि जित दर्ता गर्दै पाहुना टोलीले एक खेल अगावै ३-१ ले सिरिज जितेको हो । पहिलो खेलमा हार बेहोरेको वेस्ट इन्डिज ‘ए’ ले लगातार तेस्रो जित दर्ता गर्ने क्रममा नेपाललाई २८ […]

Success

Thank you for your time.