12 months ago
December 13, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नेपालको टिप टप हेल्प नेपाल स्पोर्ट्स क्लबले काभा मेन्स भलिबल क्लब च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ।
माल्दिभ्सको क्लब एचडिसीलाई शुक्रवार ३-० को सोझो सेटले पराजित गर्दै हेल्प नेपालले भारतको क्यालिकट हिरोजसँगको फाइनल भेट पक्का गरेको हो ।
लिग चरणमा दोस्रो भएको हेल्प नेपालले चौथो स्थानको एचडिसीलाई २५-१६,२५-१८,२५-२१ ले हराउँदै अन्तिम दुईको यात्रा तय गरेको हो । एचडिसीले कुनै पनि समय हेल्प नेपाललाई चुनौती दिन सकेन ।
त्यसअघि इरानको यु १८ टोलीलाई ३-१ ले हराउँदै क्यालिकट च्याम्पियनसिपको फाइनलमा पुगेको थियो।प्रवेश गरेको छ।
लिग चरणको खेलमा शीर्षस्थानमा रहँदै सेमिफाइनलमा पुगेको इरानको युवा टोलीले सुरूवात राम्रो गर्यो।
पहिलो सेट २५-२१ ले जित्यो। खेलमा १-० को अग्रता बनायो। एक सेट गुमाएको क्यालिकटले सानदार कमब्याक गर्यो। २२-२५ को स्कोरमा इरानले दोस्रो सेट गुमायो।
क्यालिकटले खेललाई १-१ को बराबरीमा पुर्यायो। तेस्रो सेटमा पनि इरानलाई दबाबमा दिंदै २५-२० ले तेस्रो सेट जित्दा २-१ को अग्रता बनाउन सफल भयो। खेलमा फर्कने कोशिशमा रहेको इरानको टिमले चौथो सेटमा क्यालिकटलाई चुनौती दिएपनि २६-२४ ले चौथो सेट जित्दै फाइनलमा स्थान बनायो।
लिग चरणमा शीर्षस्थानमा रहेको इरानले पहिलो हार बेहोर्दा सेमिफाइनलमाबाट बाहिरियो। तेस्रो हुँदै सेमिफाइनलमा पुगेको क्यालिकट भने फाइनलमा प्रवेश गर्न सफल रहयो।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा शनिवार तेस्रो स्थान र फाइनल हुनेछ। तेस्रो स्थानको खेल दिउँसो १:३० बजे र फाइनल दिउँसो ४:३० बजे सुरु हुनेछ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]