12 months ago
December 13, 2024
काठमाडौं (हाम्रो खेलकुद)- अपराजित रहँदै सेमिफाइनलमा पुगेको इरानको यु १८ टोलीलाई ३-१ ले हराउँदै भारतको क्यालिकट हिरोज काभा मेन्स भलिबल क्लब च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ।
लिग चरणको खेलमा शीर्षस्थानमा रहँदै सेमिफाइनलमा पुगेको इरानको युवा टोलीले सुरूवात राम्रो गर्यो। पहिलो सेट २५-२१ ले जित्यो। खेलमा १-० अग्रता बनायो।
एक सेट गुमाएको क्यालिकटले सानदार कमब्याक गर्यो। २२-२५ को स्कोरमा इरानले दोस्रो सेट गुमायो।
क्यालिकटले खेललाई एक-एकको बराबरीमा पुर्यायो। तेस्रो सेटमा पनि इरानलाई दबाबमा दिंदै २५-२० ले तेस्रो सेट जित्दा २-१ को अग्रता बनाउन सफल भयो।
खेलमा फर्कने कोशिशमा रहेको इरानको टिमले चौथो सेटमा क्यालिकटलाई चुनौती दिएपनि २६-२४ ले चौथो सेट जित्दै फाइनलमा स्थान बनायो।
लिग चरणमा शीर्षस्थानमा रहेको इरानले पहिलो हार बेहोर्दा सेमिफाइनलमाबाट बाहिरियो। तेस्रो हुँदै सेमिफाइनलमा पुगेको क्यालिकट भने फाइनलमा प्रवेश गर्न सफल रहयो।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]