10 years ago
August 31, 2015
एसिसि अन्डर नाइन्टीन प्रिमीयर लिग अन्र्तगत तेस्रो खेलमा नेपालले घरेलु टीम मलेशियालाई ८ विकेटले पराजित गरेको छ ।
मलेशियाको क्वालालाम्पुरमा जारी खेलमा नेपालले घरेलु टोलीलाई ९ विकेटले पराजित गरेको हो । टस हारेर पहिले बलिङ को जिम्मा पाएको नेपाली टीमले जितको लागी ७६ रनको लक्ष्य पाएको थियो । टस जितेर पहिले ब्याटिङ गरेको घरेलु टोलीले ३८ ओभर को खेल सकिदा सबै विकेट गुमाउदै मात्र ७५ रन बनाएको थियो । नेपालको लागी आरिफ शेख ले सर्वाधिक ४ विकेट लिएका थिए । ७६ रनको लक्ष्य नेपालले १४ दशमलब ४ ओभरमा मात्र २ विकेट गुमाएर भेट्टाएको थियो । नेपालको लागी ओपनर आशिष धामी ले ३८ रनको योगदान दि एभने राजविर सिंह ले ३३ रन बनाउदा सुनिल धमलाले बनाएको ३ रन नै नेपालको जित को लागी पर्याप्त रह्यो ।
यो संगै ३ खेल बाट नेपालले दुई जित हात पारेको छ भने मलेशियाले पनि यसअघिका दुवै खेलमा जित हात पारेको थियो । अंक तालिकामा यि दुई टिमको समान ३ खेलबाट समान ४ अंक छ । प्रतियोगीता अन्र्तगत यसअघि भएको खेलहरुमा नेपालले युएइलाई १ सय ४९ रनले पराजित गरेको थियो भने अफगानिस्तान संग भने १० विकेटले पराजित भएको थियो ।
प्रतियोगितामा नेपाल र अफगानिस्तानसागै युएई, मलेसिया र साउदी अरेयिबा सहभागी छन् ।
December 4, 2025
काठमाडौ (हाम्रो खेलकुद)- लगातारको छैटौं जितमा सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको पहिलो क्वालिफायरमा स्थान सुरक्षित गरेको छ। सुदूरपश्चिमले आज चितवन राइनोजलाई ४९ रनले हरायो। सुदूरपश्चिम जारी लिगको एक मात्र अपराजित टोली हो। चौथो हार बेहोरेको चितवनको भने प्ले अफ यात्रा निकै कठिन बनेको छ। चितवनको हारले विराटनगर किङ्सको प्ले अफ यात्रा पक्का […]
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा प्ले अफमा पुगिसकेको सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई जितको लागि १ सय ७० रनको चुनौती दिएको छ। टस जितेर चितवनले फिल्डिङ रोजेपछि सुदूरपश्चिमले २० ओभरमा विकेट ४ विकेट गुमाउँदै १ सय ६९ रन बनायो। विनोद भण्डारी र क्रिस लिन ओपनिङ ब्याटिङमा आए।लिनले मात्र २ रन जोड्दा जीवनदान […]
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- काठमाडौं गोर्खाजका साहब अलाम नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजनमा ह्याट्रिक विकेट लिने पहिलो बलर बनेका छन्। पोखरा एभेन्जर्स विरुद्धको खेलमा आज साहबले ह्याट्रिक सहित ६ विकेटको सफलता प्राप्त गरे। काठमाडौं १ सय ६५ रन डिफेन्ड गर्न उत्रदा साहबले जेसन रोयलाई बोल्ड आउट गर्दै आफ्नो पहिलो विकेट लिए। उनी पोखराको दोस्रो […]