7 years ago
May 11, 2019
एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने १२ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) खेलेर आईतबार नेपाल फर्किने भएका छन् ।

शुक्रबार सन्दीप सम्मिलित दिल्ली क्यापिटल्स दोस्रो क्वालिफयारमा चेन्नई सुपर किंग्ससग पराजित भएपछि सन्दीपको यात्रा पनि यस सिजनको आईपीएलमा यात्रा सकिएको हो ।
नेपाली टोलीका टेक्निकल म्यानेजर तथा सन्दीपको ब्यवस्थापन हेर्दै आएका रनम शिवाकोटीले सन्दीप भोली नेपाल फर्किने जानकारी दिए । शिवाकोटीका अनुसार सन्दीप आईतबार दिउँसो २ : ३५ मा त्रिभुवन विमानस्थल आई पुग्ने छन् । जारी आईपीएलमा सन्दीपले ६ खेलमा ८ विकेट लिन सफल भए ।
अपेक्षा अनुसारको भने सन्दीपले प्रर्दशन गर्न सकेनन् । सन्दीप सम्मिलित दिल्ली ७ वर्षपछि प्ले अफमा पुग्न सफल भएको हो । आईपीएलको उपाधिको लागि आईतबारनै चेन्नई सुपर किंग्स र मुम्बई इन्डियन्सबीच प्रतिस्पर्धा हुने छ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]