default_image

7 years ago

May 11, 2019

आईपीएलमा सन्दीप : पर्याप्त अवसरको कमी

131 views

0 Bookmark

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने आईतबार इन्डियन प्रिमियर लिग (आईपीएल) खेलेर नेपाल फर्किदै छन् । सन्दीप सम्मिलित दिल्ली क्यापिटल्स शुक्रबार चेन्नई सुपर किंग्ससँग दोस्रो क्वालिफायरमा पराजित भएपछि उनी आईतबारनै स्वदेश फर्किन लागेका हुन् ।

सन्दीपले यस सिजनको आईपीएलमा ६ खेलमा २३ ओभर बलिङ गर्दै २ सय १० रन खर्चिदा ८ विकेट लिए । सन्दीपको ईकोनमी ९.१३ को रनमा रह्यो । टी ट्वान्टीमा यो ईकोनमी रेट त्यति खराव होइन । तर पनि सन्दीपबाट आसा गरेको भन्दा यो खराव प्रर्दशन भने हो ।

पछिल्लो एक वर्षमा निरन्तर अन्तर्राष्ट्रिय फेन्चाईज लिग र राष्ट्रिय टोलीबाट उत्कृष्ट प्रर्दशन गरेका सन्दीपले आईपीएलमा अपेक्षा अनुसारको प्रर्दशन गर्न सकेनन् । सुरुवाती दुई खेलमा सन्दीपलाई दिल्लीले बेन्चमा राखेपनि अन्य खेलमा प्रमाणित गर्ने मौका दिएको थियो । तर सन्दीपले आफुले पाएको अवसर सदुपयोग गर्न नसक्दा ६ खेल मात्र खेल्ने मौका पाए ।

सम्रगमा सन्दीपको आईपीएल प्रर्दशन

सन्दीपलाई दिल्लीले कोलकता नाईट राइडर्सविरुद्ध मौका दिएको थियो । उक्त खेलमा सन्दीपले ४ ओभरमा २९ रन खर्चेर १ विकेट लिदै यस सिजनको आईपीएलको सुरुवात गरेका थिए । उक्त खेलमा निखिल नाईक  सन्दीपको एलबीडब्लू शिकार बने । पन्जावबीरुद्ध सन्दीपले ४ ओभरमा २७ रन खर्चिदा साम कुरन र सरफराज खानलाई आफ्नो शिकार बनाए । हैदरवादबीरुद्ध सन्दीपले ३२ रन खर्चेर १ विकेट लिदै मध्यम प्रर्दशन गरे । सन्दीपले दिपक हुड्डाको विकेट लिएका थिए ।

बेंगलोरबीरुद्ध १ विकेट लिन ४६ रन खर्चे पछि दिल्लीले सन्दीपलाई केहि खेलमा पुन बेन्चमा राख्यो । पन्जावविरुद्ध फिरोज शाह कोटलामा ४० रन खर्चेर क्रिस गेल,केएल राहुल र साम करन जस्ता स्टार खेलाडीको विकेट लिन सफल भए । उक्त खेलमा सन्दीप एफबीबी स्टाईलिस प्लेयर अफ द म्याच समेत घोषित भए । तर बेंगलोरबीरुद्ध २८ अप्रिलमा घरेलु मैदानमै ३ ओभरमा ३६ रन खर्चेरपछि दिल्लीले सन्दीपमाथि पुन विश्वास देखाएन ।

मे १ मा चेन्नईविरुद्ध सन्दीप टसको समय दिल्लीको टोलीमा रहेपनि मैदानमा भने उनको स्थानमा क्रिस मोरिस मैदान उत्रेका थिए । के कारणले सन्दीपको स्थानमा मोरिस मैदान उत्रेका हुन् भन्ने अझैं खुल्न सकेको छैन । त्यसयता सन्दीपले कुनै खेलमा मौका पाएनन् । पाएको अवसरमा राम्रो प्रदर्शन गरेका सन्दीपले पर्याप्त अवसर नपाएको कारण नै धेरै विकेट लिन सकेनन् ।

पीएम कप खेल्ने नखेल्ने अन्यौल

सन्दीपले पछिल्लो एक वर्ष निरन्तर राष्ट्रिय र अन्तर्राष्ट्रिय फेन्चाईज लिग खेलि रहेका छन् । उनलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय फेन्चाईज लिग खेल्न भ्याई नभ्याई छ । त्यस्तै जेठ १ गते देखी प्रधानमन्त्री कप क्रिकेट सुरु हुँदै छ । यो समयमा सन्दीपको कुनै पनि अन्तर्राष्ट्रिय लिग नझुधेको हुँदा उनी पीएम कप खेल्छन् वा खेल्दैनन् भन्ने सबैको चाखको विषय बनेको छ ।

निरन्तर अन्तर्राष्ट्रिय लिगमा दौड धुप गरेका सन्दीप केहि समय आराम पनि गर्न सक्ने संभवना पनि त्यतिकै छ । जसको लागि पीएम कप नखेल्न सक्छन् । सन्दीपको व्यवस्थापन हेर्दै आएका रमन शिवाकोटीका अनुसार सन्दीप पीएम कप खेल्ने वा नखेल्ने भन्ने अझै अनिश्चित छ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.