default_image

5 years ago

May 11, 2019

बटलरको शतकसँगै पाकिस्तानलाई विशाल लक्ष्य

एजेन्सी – पाँच ओडीआई सिरिज अन्तर्गत दोस्रो खेलमा घरेलु टोली इंग्ल्यान्डले पाकिस्तानलाई ३ सय ७४ रनको विशाल लक्ष्य दिएको छ । साउथह्याप्टनमा टस हारेर पहिला ब्याटिङ थालेको इंग्ल्यान्डले निर्धारित ५० ओभरमा ३ विकेटको क्षतिमा ३ सय ७३ रन बनायो । इंग्ल्यान्डका लागि जस बटलरले विश्फोटक शतक प्रहार गरे । उनले ५५ बलमा ९ छक्का र […]

29 views

0 Bookmark

एजेन्सी – पाँच ओडीआई सिरिज अन्तर्गत दोस्रो खेलमा घरेलु टोली इंग्ल्यान्डले पाकिस्तानलाई ३ सय ७४ रनको विशाल लक्ष्य दिएको छ । साउथह्याप्टनमा टस हारेर पहिला ब्याटिङ थालेको इंग्ल्यान्डले निर्धारित ५० ओभरमा ३ विकेटको क्षतिमा ३ सय ७३ रन बनायो ।

इंग्ल्यान्डका लागि जस बटलरले विश्फोटक शतक प्रहार गरे । उनले ५५ बलमा ९ छक्का र ६ चौका प्रहार गर्दै १ सय १० रनमा अविजित रहे । बटलरले ५० बलमै शतक पुरा गरेका थिए । त्यस्तै कप्तान ओईन मोर्गनले ४८ बलमा ६ चौका र १ छक्का प्रहार गर्दै ७१ रनमा नट आउट रहे । चौथो विकेटका लागि मोर्गन र बटलरले ९३ बलमा १ सय ६२ रनको अविजित साझेदारी गरेपछि इंग्ल्यान्डले विशाल योगफल तयार पारेको हो ।

ओपनर जेसन रोयले ९८ बलमा ३ छक्का र ६ चौका सहित ८७ रनमा क्याच आउट भए । त्यस्तै अर्का ओपनर जोनी बेयरस्टो ५१ र जो रुट ४० रनमा आउट हुन पुगे । पहिलो विकेटका लागि ओपनर रोए र बेयरस्टोले १९ ओभरमा १ सय १५ रनको शतकीय साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । पाकिस्तानका लागि हसन अली, यासिर शाह र शाहिन अफ्रिदीले समान १ विकेट हात पारे ।

April 26, 2024

लुम्बिनी र कर्णाली फाइनलमा , बागमती बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद) – सुदूरपश्चिमसँग ३ विकेटले पराजित हुँदा बागमती प्रदेश रन रेटको आधारमा वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसीपको लिग चरणबाट बाहिरिएको छ। जितले बागमती अंक तालिकाको शीर्षस्थानमा रहँदै फाइनलमा पुग्ने थियो। तर हारले रन रेटको आधारमा बाहिरिएको हो। बागमतीको हारमा लुम्बिनी प्रदेश र कर्णाली प्रदेश फाइनलमा प्रवेश गर्न सफल भएका छन्। कम स्कोर‌को […]

April 25, 2024

आइपिएलमा बैंगलुरुको दोस्रो जित

एजेन्सी – रोयल च्यालेन्जर्स बैंगलुरुले इन्डियन प्रिमियर लिग (आइपिएल) मा दोस्रो जित हासिल गरेको छ । बैंगलुरुले बिहीबार सनराइजर्स हैदरावादलाई ३५ रनले हराएको छ । २ सय ७ रनको लक्ष्य पछ्याएको हैदरावादले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ७१ रन मात्र बनाउन सक्यो ।टोलीका लागि सहवाज अमेदले सर्वाधिक नटआउट ४० रन बनाए । […]

April 25, 2024

कर्णालीको जितमा कोशीको छैटौं पराजय

काठमाडौं (हाम्रो खेलकुद) – पुछारमा रहेको कोशी प्रदेशलाई ५ विकेटले सहजै हराउँदै कर्णाली‌ प्रदेशले वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसिपको फाइनलमा पुग्ने संभावनालाई कायमै राखेको छ। लगातारको छैटौं हारमा कोशी अंक विहिन हुँदै प्रतियोगिताबाट बाहिरिएको छ। ९४ रनको सहज विजय लक्ष्य कर्णाली प्रदेशले मात्र ६. ३ बलमा ५ विकेट गुमाउँदै पुरा गर्यो। ओपनर विपिन रावल […]

Success

Thank you for your time.