10 years ago
May 11, 2016
नेपालका युवा स्पिनर सन्दिप लामिछानेले हंगकंगमा खेल्ने भनिएको ब्लिट्ज टि२० प्रतियोगितामा उनकै टोलिबाट अष्ट्रेलियाका पुर्वकप्तान माइकल क्लार्क पनि खेल्ने भएका छन्|
गतवर्ष एशेसमा हार व्यहोरेपछि सन्यास लिएका क्लार्कले घरेलु प्रतियोगितामा पनि एकमात्र खेल खेलेका छन्| तर ३५वर्षे क्लार्कले पुन: खेलमा फर्कने बताएपछि उनलाई हंगकंगको कोलुन क्यान्टन्सले अनुबन्धनको प्रयास गरेको थियो| आफुले खेल कौशल मात्र नभएर उक्त देशको क्रिकेट विकासमा पनि सहयोग पुर्याउने विश्वास देखाउदै क्लार्कले खेल्ने प्रतिवद्धता ब्यक्त गरेका छन्|
यसअघी सन्दीपले पनि सोहि टोलीबाट हंगकंग ब्लिट्ज क्रिकेट खेल्ने पक्का भैसकेको छ| लेग स्पिनर सन्दिपले गत बर्ष बंगलादेशमा सम्पन्न यू–१९ विश्वकप क्रिकेटमा १४ विकेट लिएका थिए । राष्ट्रिय टोलीको डेब्यू खेलमा १ विकेट लिएका सन्दीपले वैशाख ६ मा नामिवियाविरुद्धकै अर्को खेलमा २ विकेट आफ्नो नाममा लेखाएका थिए ।
क्लार्क र सन्दीपले पहिलो खेल मे २८ तारिखमा हंग हम जे.डी. जगुअर्स संग खेल्ने छन्|
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]