default_image

5 years ago

May 14, 2019

वुमन्स च्याम्पियन्स लिगको ड्राफ्ट आज

काठमाडौं (हाम्रो खेलकुद) – वुमन्स च्याम्पियन्स लिग (डब्लुसिएल) टी-२० लिग को ड्राफ्ट आज हुँदैछ । आज साँझ ५ बजेपछि काठमाडौंमा हुनेछ । नेपालमा ड्राफ्टबाट खेलाडी छनोट पहिलो पटक गर्न लागिएको हो । ड्राफ्टमा पहिला नै सबै टोलीलाई खेलाडीहरुको नामावली सुचि दिने गरिन्छ । ड्राफ्टमा १ सय ७ खेलाडीले आफ्नो नाम दर्ता गराएका छन् । क्विन्स […]

39 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – वुमन्स च्याम्पियन्स लिग (डब्लुसिएल) टी-२० लिग को ड्राफ्ट आज हुँदैछ । आज साँझ ५ बजेपछि काठमाडौंमा हुनेछ ।

नेपालमा ड्राफ्टबाट खेलाडी छनोट पहिलो पटक गर्न लागिएको हो । ड्राफ्टमा पहिला नै सबै टोलीलाई खेलाडीहरुको नामावली सुचि दिने गरिन्छ । ड्राफ्टमा १ सय ७ खेलाडीले आफ्नो नाम दर्ता गराएका छन् । क्विन्स इभेन्ट म्यानेजमेन्ट प्राइभेट लिमिटेडले आयोजना गर्ने डब्लुसिएल असोज ३ गतेदेखि ११ गते सम्म हुँदैछ ।

वैशाख १९ देखी २५ गते सम्म आयोजकले खेलाडीलाई दर्ताका लागि आवदेन खुल्ला गरेको थियो । आयोजकले खेलाडीहरूलाई डायमण्ड, सफायर, रुबिज र वाइल्डकार्ड इन्ट्री गरी चार श्रेणीमा विभाजन गरेको छ । डायमण्ड श्रेणीमा अहिले राष्ट्रिय टोलीबाट खेलिरहेका खेलाडीहरू पर्ने छन् ।

यस्तै रुबिजमा राष्ट्रिय टोलीबाट कुनै पनि अन्तर्राष्ट्रिय खेलमा प्रतिनिधित्व गरिसकेका र सफायरमा क्षेत्र वा प्रदेशबाट राष्ट्रिय प्रतियोगिता खेलेका खेलाडी पर्ने छन् । वाइल्ड कार्ड इन्ट्रीमा ट्यालेन्ट हन्टमार्फत छनोट भएर आएका खेलाडी पर्ने छन् । प्रतियोगितामा सहभागी प्रत्येक टोलीले दुई जना वाइल्ड कार्ड इन्ट्रीका खेलाडीलाई समावेश गर्नुपर्नेछ ।

डब्लुसिएलमा ललितपुर फाल्कोन्स, पोखरा पल्टन, क्यापिटल्स रोयल्स काठमाडौं, चितवन राइनोज र विराटनगर टाइन्टस गरि ५ ले प्रतिस्पर्धा गर्नेछन् । सहभागी टोली मध्ये ललितपुरको मालिकमा श्रीजना जोशी रहेकी छन् । जुन ललितपुर फाल्कोन्सको स्वामित्वमा रहनेछ ।

त्यस्तै पोखरा पल्टन प्रा. लि. को स्वामितवमा रहेको पोखराको टोलीमा विनायक पोखरेल (अध्यक्ष), काठमाडौंको दिपा अग्रावाल (प्रबन्ध निर्देशक) जेफोर स्पार्टस,चितवनमा डण्डु शेर्पा (प्रबन्ध निर्देशक) चितवन राइनोज प्रा. लि.र विराटनगरको पारस लुनिया (अध्यक्ष) रहेका छन् ।

April 25, 2024

आइपिएलमा बैंगलुरुको दोस्रो जित

एजेन्सी – रोयल च्यालेन्जर्स बैंगलुरुले इन्डियन प्रिमियर लिग (आइपिएल) मा दोस्रो जित हासिल गरेको छ । बैंगलुरुले बिहीबार सनराइजर्स हैदरावादलाई ३५ रनले हराएको छ । २ सय ७ रनको लक्ष्य पछ्याएको हैदरावादले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ७१ रन मात्र बनाउन सक्यो ।टोलीका लागि सहवाज अमेदले सर्वाधिक नटआउट ४० रन बनाए । […]

April 25, 2024

कर्णालीको जितमा कोशीको छैटौं पराजय

काठमाडौं (हाम्रो खेलकुद) – पुछारमा रहेको कोशी प्रदेशलाई ५ विकेटले सहजै हराउँदै कर्णाली‌ प्रदेशले वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसिपको फाइनलमा पुग्ने संभावनालाई कायमै राखेको छ। लगातारको छैटौं हारमा कोशी अंक विहिन हुँदै प्रतियोगिताबाट बाहिरिएको छ। ९४ रनको सहज विजय लक्ष्य कर्णाली प्रदेशले मात्र ६. ३ बलमा ५ विकेट गुमाउँदै पुरा गर्यो। ओपनर विपिन रावल […]

April 25, 2024

सुपर ओभरमा मधेशको जित , सुदूरपश्चिम बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद) – सुपर ओभरमा सुदूरपश्चिमलाई हराउँदै मधेश प्रदेशले वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसीपमा चौथो जित हात पारेको छ। सुपर ओभरमा सुदूरपश्चिमले मात्र ७ रन बनायो। मधेशले पाँचौ बलमा जित हात पारेको हो। यो हारमा सुदूरपश्चिम एक खेल अगाडि नै लिग चरणबाट बाहिरिएको छ। माथिल्लो मुलपानी मैदानमा पहिले ब्याटिङ गरेको मधेश प्रदेशले ७ […]

Success

Thank you for your time.