default_image

10 years ago

May 12, 2016

आइपिएलमा मुम्बईको छैटौं जित

190 views

0 Bookmark

बैंगलोर (एजेन्सी) -किरोन पोलार्ड र जोस बुट्लरले पाँचौं विकेटका लागि ५३ रनको साझेदारी गरेपछि मुम्बई इन्डियन्स ले इन्डियन प्रिमियर लिगमा बुधबार रोयल च्यालेन्सर्ज बैंगलोरलाई ६ विकेटले हराएको छ । पोलार्डले ३५ र बट्लरले २९ रन अविजित बनाएपछि मुम्बईले ४ विकेट गुमाउँदै ८ बलअघि नै आवश्यक १ सय ५२ भन्दा १ रन बढी १ सय ५३ रन बनाएका थियो । जितपछि मुम्बई १२ अंकसहित अंकतालिकाको चौथो स्थानमा छ । बैंगलोर (८) छैटौं स्थानमा छ ।

मुम्बईका जोस बट्लर ।

मुम्बईका जोस बट्लर ।

पोलार्डले १९ बलमा ३ चौका र २ छक्का प्रहार गरे । बट्लरले मात्र ११ बलमा १ चौका र ३ छक्का प्रहार गरे । त्यसअघि कप्तान रोहित शर्मा र अम्बाटी रायडुले दोस्रो विकेटका लागि ५८ रनको साझेदारी गदैै मध्यमलक्ष्य पछ्याएको टोलीलाई बलियो अवस्था तिर अघि बढाएका थिए । बैंगलोरका बरुण आरोनले २ तथा श्रीनाथ अरविन्द र युजविन्द्र चाहालाले एक एक विकेट लिए ।
त्यसअघि मुम्बईले टस जितेर बैंगलोरलाई ब्याटिड्को लागि बोलाएको थियो । आक्रामक ब्याट्सम्यान विराट कोहली र क्रिस गेललाई सस्तैमा गुमाएको बैंगलोरले ४ विकेट गुमाउँदै १ सय ५२ रन बनाएको थियो । कोहली ७ र गेल ५ रन बनाएर आउट भएपछि एबी डि भिलियर्स र लोकेश राहुलले तेस्रो विकेटका लागि ४३ रनको साझेदारी गर्दै टोलीलाई केही मजबुद अबस्थामा पुर्याएका थिए । राहुले अर्धशतक पुरा गरे भने डी भिलियर्सले २४ रन बनाए । राहुले ५३ बलमा ३ चौका र ४ छक्कासहित ६८ रन बनाए । सचिन बाीले २५ र सेन वाटसनले १५ रन बनाए । मुम्बईका टिम साउथी , जसप्रित बुमराहा र क्रुनाल पाण्डले एक एक विकेट लिए ।

December 5, 2025

लुम्बिनी प्ले अफमा, जनकपुर बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]

December 5, 2025

लुम्बिनीलाई सहज चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]

December 5, 2025

जनकपुरले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]

Success

Thank you for your time.