default_image

7 years ago

May 18, 2019

पीएम कपको खेलतालिका र जर्सी सार्वजनिक, प्रतियोगिता फेरि सर्यो

160 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– तेस्रो संस्करणको प्रधानमन्त्री कप एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगिताको खेल तालिका, प्रायोजक र जर्सि सार्वजनिक भएको छ । पीएम कप फेरि सरेको छ ।

यसअघि जेठ ८ गतेबाट हुने भनिएपनि अब जेठ १० गते देखी २५ गते सम्म मुलपानी र टियु क्रिकेट मैदान क्रिकेट मैदानमा कीर्तिपुरमा हुने छन् । त्यसअघि जेठ १ देखि प्रतियोगिता हुने तय गरिएको थियो । पीएम कपलाई एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसले मुख्य प्रयोजन गर्ने भएको छ । प्रयोजन बापत एक्सपर्टले कति रकम दिएको भन्ने खुलाउन चाहेन । योसँगै अव एक्सपर्ट पीएम कप नाम रहने छ ।

शनिवार काठमाडौंमा एक कार्यक्रम गर्दै आयोजक राष्ट्रिय खेलकुद परिषद (राखेप) को आयोजना र नेपालय इन्टरनेसनल प्रा.लिकोले खेल तालिका र जर्सि पनि सार्वजनिक गरेका हुन् । घोषणा कार्यक्रममा नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्का, राष्ट्रिय खेलकुद परिषद नेपाल (राखेप) का सदस्य सचिव केशव कुमार विष्ट,नेपालयका सिईओ आशीष प्रसाईं लगाएतका थिए । जर्सि सार्वजनिक कार्यक्रममा नेपाल प्रहरीका कप्तान मञ्जित श्रेष्ठ, सशस्त्र प्रहरी बलका उप कप्तान पृथु वास्कोटा, नेपाली आर्मीका कप्तान विनोद भण्डारी, प्रदेश तीनका कप्तान पारस खड्काले गरेका थिए ।

प्रतियोगितामा ७ प्रदेश र तीन विभागिय गरि १० टोलीको सहभागिता रहनेछ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समुह ए मा एपीएफ,प्रदेश ५,प्रदेश ३,सुदुरपश्चिम र गण्डकी रहेका छन् । समुह बी मा त्रिभुवन आर्मी,नेपाल पुलिस,प्रदेश २,प्रदेश १ र कर्णाली प्रदेश रहेका छन् । उद्धघाटन खेल जेठ १० गते मुलपानी मैदानमा नेपाल पुलिस क्लब र प्रदेश १ बीच हुनेछ । त्यसै दिन टीयू मैदानमा आर्मी र प्रदेश २ बीच प्रतिस्पर्धा हुने छ । राउन्ड रोविन लिग पछि समूहका शीर्ष २ टोली सेमिफाइनल पुग्नेछन् । सेमिफाईनल खेल जेठ २२ र २३ गते हुने छ । २४ गते रेष्ट हुँदा २५ गते फाईनल हुने छ ।

नेपाली राष्ट्रिय टोलीका कप्तान पारस खड्काले अघिल्लो दुई वर्ष आफु विदेशमा भएको कारण खेल्न नपाउनु दुर्भाग्य रहेको बताए । पारसले ट्वान्टी प्रतियोगिताई भई रहेको र ओडीआई मान्यता पाएको अवस्थामा यस प्रतियोगिताको नेपाली क्रिकेटमा आवश्यक रहेको छ । त्यस्तै पारसले पीएम कप युवा खेलाडीलाई क्षमता देखाउने राम्रो अवसर रहेको बताए । पारसले दुभाग्यपूर्ण आफु दुई संस्करण खेल्न नपाएपनि यो पटक खेल्न आतुर रहेको बताए । पारसले यस पटक प्रदेश नम्बर तीनबाट प्रधानमन्त्रीकप क्रिकेट खेल्ने छन् ।

प्रधानमन्त्री कपको विजेताले उपाधिसहित २० लाख रुपैयाँ प्राप्त गर्ने छ । दोस्रो हुने टोलीले १० लाख रुपैयाँ पाउनेछ । प्रतियोगिताकै उत्कृष्ट खेलाडीले मोटर साइकल पाउने छन् । त्यस्तै उत्कृष्ट ब्याट्सम्यान र बलरले समान ५० हजार प्राप्त गर्ने छन् ।

प्रतियोगितामा एक हातले क्याच लिने दर्शकले ५० हजार रुपैयाँ पाउने छन् । १ करोड ७५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । गत वर्ष नेपाल एपिएफ क्लबले त्रिभुवन आर्मी क्लबलाई ६ विकेटले हराउँदै उपाधि जितेको थियो ।

December 4, 2025

सुदूरपश्चिम पहिलो क्वालिफायरमा, विराटनगर पनि प्ले अफमा

काठमाडौ (हाम्रो खेलकुद)- लगातारको छैटौं‌ जितमा सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको पहिलो क्वालिफायरमा‌ स्थान सुरक्षित गरेको छ। सुदूरपश्चिमले आज चितवन राइनोजलाई ४९ रनले हरायो। सुदूरपश्चिम जारी लिगको एक मात्र अपराजित टोली हो। चौथो हार बेहोरेको चितवनको भने प्ले अफ यात्रा निकै कठिन बनेको छ। चितवनको हारले विराटनगर किङ्सको प्ले अफ यात्रा पक्का […]

December 4, 2025

चितवनलाई सुदूरपश्चिम प्रतिस्पर्धात्मक चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा प्ले अफमा पुगिसकेको सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई जितको लागि १ सय ७० रनको चुनौती दिएको छ। टस जितेर चितवनले फिल्डिङ रोजेपछि सुदूरपश्चिमले २० ओभरमा विकेट ४ विकेट गुमाउँदै १ सय ६९ रन बनायो। विनोद भण्डारी र क्रिस लिन ओपनिङ ब्याटिङमा आए।लिनले मात्र २ रन जोड्दा जीवनदान […]

December 4, 2025

साहब एनपिएलमा ह्याट्रिक विकेट लिने पहिलो बलर

काठमाडौं (हाम्रो खेलकुद)- काठमाडौं गोर्खाजका साहब अलाम नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजनमा ह्याट्रिक विकेट लिने पहिलो बलर बनेका छन्। पोखरा एभेन्जर्स विरुद्धको खेलमा आज साहबले ह्याट्रिक सहित ६ विकेटको सफलता प्राप्त गरे। काठमाडौं १ सय ६५ रन डिफेन्ड गर्न उत्रदा साहबले जेसन रोयलाई बोल्ड आउट गर्दै आफ्नो पहिलो विकेट लिए। उनी पोखराको दोस्रो […]

Success

Thank you for your time.