default_image

5 years ago

May 21, 2019

विश्वकपका ३ दुर्लभ कीर्तिमान

30 views

0 Bookmark

एजेन्सी – एकदिवसिय विश्वकप आउन अब झण्डै एक साता बाँकी छ । सबैको ध्यान इंग्ल्यान्ड र वेल्समा ३० मे देखि सुरु हुने वान डे विश्वकपमा केन्द्रित छ ।

विश्वकपमा पहिलो पटक सहभागी १० देशलेनै एक अर्कासँग खेल्ने छन् । शीर्ष चार टोली सेमिफाईनलमा पुग्ने छन् । सन् १९७५ देखी सुरु भएको विश्वकपको हालसम्म आईपुग्दा अष्ट्रेलियाले पाँच पटक उपाधि जितेको छ । वेस्ट इन्डिज र भारतले समान दुई पटक जितेका छन् । पाकिस्तान र श्रीलंकाको नाममा पनि एक एक विश्वकप छ । यस पटक भारत, अष्ट्रेलिया र इंग्ल्यान्डलाई विश्वकपको प्रमुख दावेदार मानिएको छ ।

क्रिकेटमा रेकर्ड तोडिने र बन्ने पछिल्लो समय सामान्य जस्तै बन्न थालेको छ । केहि विश्व रेकर्ड लामो समय टिक्दा केहि थोरै समयमा तोडिएका थुप्रै उदारण छन् । हरेक खेलाडी विश्वकपमा सकेसम्म आफ्नो नाममा धेरै भन्दा धेरै रेकर्ड बनाउन चाहान्छन् । जसमा थोरै खेलाडीमात्र सफल हुन्छन् । विश्वकपमा बनेको कीर्तिमानको महत्व झन धेरै हुने गर्दछ । यस पटकको विश्वकपमा पनि थुप्रै रेकर्ड बन्ने र तोडिन सक्ने अनुमान गरिएको छ । तर विश्वकप क्रिकेटमा बनेका यी तीन दुर्लभ कीर्तिमान अव तोडिन भने असम्भव देखिन्छ ।

३ .डेर्माेट रिभको वेस्ट इकोनमी

इंग्ल्यान्डका पुर्व खेलाडी डेर्मोट रिभले सन् १९९२ मा पाकिस्तानविरुद्ध ०.४० ईकोनमी रनरेटमा रन खर्चिदै नयाँ कीर्तिमान कायम गर्न सफल भएका थिए । उनले पाकिस्तानविरुद्ध ५ ओभरमा ३ मेडन सहित २ रन खर्चेर १ विकेट लिए । जसमा उनको इकोनमी रेट ०.४० थियो । जुन रेकर्ड अहिले सम्म तोडिन सकेको छैन ।

पछिल्लो समय ब्याट्सम्यानलाई हेर्दा डट बलको सामना कमै गरेको देखिन्छ । अझ विश्वकपमा हरेक टोलीले उत्कृष्ट ब्याट्सम्यान मैदान उतारेका हुन्छन् । पछिललो एक दशकमा ब्याट्सम्यानको खेल्ने शैलीमा पनि ब्यापक परिवर्तन आएको छ । यो अवस्थामा लगातार ब्याट्सम्यानलाई डट बल राख्न कठिन देखिन्छ । त्यसैले उनको यो रेकर्ड अव तोडिन असंभव देखिन्छ ।

२. विश्वकपमा सर्वाधिक विकेट

विश्वकपमा सर्वाधिक विकेट लिने रेकर्ड अष्ट्रेलियाका तीव्र गतिका बलर ग्लेन मक्ग्राथको नाममा छ । उनले १९९६ देखि २००७ सम्म ४ विश्वकप खेल्दै ३९ खेलमा सहभागिता जनाए । यसक्रममा उनले  ३२५.५ ओभर बलिङ गर्दै ४२ मेडन सहित १२ सय ९२ रन खर्चेर ७१ विकेट लिँदै यो रेकर्ड कायम गरेका थिए । जसमा उत्कृष्ट प्रर्दशन ७/१५ थियो ।

मक्ग्राथपछि श्रीलंकाका पुर्ब स्पिनर मुथैया मुरलीधरनले सन् १९९६ देखी २०११ सम्म गरि ५ विश्वकप खेल्दा ६८ विकेट लिएका थिए । अहिले विश्वकप टोलीमा रहेका श्रींलकाका तीव्र गतिका बलर लाथिस मलिङ्गाले सन् २००७ देखि २०१५ को विश्वकप सम्म गरि २२ खेलमा ४३ विकेट लिएका छन् । ढल्किदो उमेरको कारण उनले यो भन्दा अन्य विश्वकप खेल्ने सम्भावना पनि देखिदैन ।

अहिलेका हस्ति मानिने जसप्रित बुमराह, कागीसो रबाडा,राशिद खान जस्ता खेलाडी पहिलो पटक विश्वकप खेल्दै छन् । यो अवस्थामा उनको सर्वाधिक विकेट लिने रेकर्ड तोडिने पनि असम्भव नै देखिन्छ ।

१. गुप्टिलको २ सय ३७ नट आउट

न्युजिल्यान्डका ओपनर मार्टिन गुप्टिलले सन् २०१५ को विश्वकपमा वेस्ट इन्डिजविरुद्ध २ सय ३७ रनको अविजित इनिङ खेल्दै नयाँ कीर्तिमान कायम गरेका थिए । वान डे क्रिकेटमा भारतीय टोलीका ओपनर रोहित शर्माले २ सय ६४ रन प्रहार गरेपनि त्यो विश्वकपको कीर्तिमान भने होइन । सम्रगमा रोहित वान डे मा एकै खेलमा सर्वाधिक रन प्रहार गर्ने खेलाडी भने हुन् ।

गुप्टिलले १ सय ६३ बलमा २४ चौका र ११ छक्का प्रहार गर्दै कुल २ सय ३७ मा नट आउट रहँदै यो रेकर्ड कायम गर्न सफल भएका थिए । ओपनर र तेस्रो नम्बरको ब्याट्सम्यान बाहेक अन्यलाई दोहोरो शतक बनाउन कठिन देखिन्छ । अझ विश्वकपका खेलमा दवाव बढि हुने हुँदा रन बनाउन झनै कठिन पर्छ । विश्वकपमा कम टोलीको सहभागिता हुँदा प्रतिस्पर्धा झन्डै बढ्ने पक्का छ ।

विश्वकपमा गुप्टिलबाहेक क्रिस गेलले पनि जिम्बावेविरुद्ध २ सय १५ रन प्रहार गरेका छन् । अन्य कुनै पनि ब्याट्सम्यानले विश्वकपमा दोहोरो शतक प्रहार गर्न सकेका छैनन् । यस विश्वकपमा भारतीय ओपनर रोहित शर्मा, अष्ट्रेलियाका डेविड वार्नर, इंग्ल्यान्डका जोनी बेयरस्टो, पाकिस्तानका फखार जमानले आक्रामक खेल प्रस्तुत गर्दै शीर्ष क्रममा ब्याटिङ गर्नेछन् । तर गुप्टिलको त्यो रेकर्ड तोड्न भने असंभव देखिन्छ ।

May 20, 2024

कोलकत्ता र राजस्थान बीचको खेलमा वर्ष बाधक

एजेन्सी – इंडियन प्रिमियर लिग (आईपिएल) सिजनको राउण्ड रोबिन चरण अन्तर्गतको अन्तिम खेलमा वर्षा बाधक बनेको छ । कोलकत्ता नाईट राइडर्स र राजस्थान रोयल्स बीचको खेल वर्षाका कारण एक बल पनि नखसिकन रद्द भएपछि राजस्थानले तेस्रो स्थानमा चित्त बुझाउनु पर्नेछ छ । कोलकत्ताले यस खेल अघि शीर्ष स्थानमा रही प्लेअफमा स्थान बनाइसकेको थियो । तर […]

May 19, 2024

एनसीसीएस भ्याली कप क्रिकेट यसै महिना

काठमाडौं (हाम्रो खेलकुद) – भक्तपुर जिल्ला क्रिकेट संघले एनसीसी आमन्त्रित उपत्यकाव्यापी टि ट्वान्टी क्रिकेट प्रतियोगिता आयोजना गर्ने भएको छ । महिला र पुरुषको छुट्टाछुट्टै प्रतिस्पर्धा हुनेछ । शैक्षिक संस्था एनसीसीएस समूहसँग मिलेर भक्तपुरले जेठ १२ देखि १९ गते सम्म आयोजना गर्ने प्रतियोगितामा पुरुषतर्फ ६ एकेडेमी र महिलातर्फ ३ जिल्लाले सहभागिता रहने आइतबार पत्रकार सम्मेलनमार्फत जानकारी […]

May 19, 2024

पञ्जाबलाई हराउँदै हैदराबाद दोस्रो स्थानमा

एजेन्सी – लिग चरणको आफ्नो अन्तिम खेलमा जित दर्ता गर्दै सनराईजर्स हैदराबाद इंडियन प्रिमियर लिग (आईपिएल) को तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । पञ्जाब विरुद्ध ४ विकेटको जित दर्ता गर्दै हैदराबाद दोस्रो स्थानमा उक्लिएको हो । पञ्जाबले दिएको २१५ रनको विशाल लक्ष्य हैदराबादले ५ बल बाँकी छँदा ६ विकेट गुमाएर भेटायो । हैदराबादका लागि अभिषेक […]

Success

Thank you for your time.