default_image

5 years ago

May 21, 2019

सीपीएल ड्राफ्ट भोली, नेपालका चार खेलाडी सहभागी

35 views

0 Bookmark

एजेन्सी – क्यारेबियन प्रिमियर लिग (सीपीएल) को ड्राफ्ट बुधबार लन्डनमा आयोजना हुँदैछ । यसपटक ड्राफ्टको सुचिमा चार नेपाली खेलाडी पर्न सफल भएका छन् । गत साता सार्वजनिक भएको ड्राफ्ट सुचिमा चार नेपालीसहित कुल ५ सय ३६ खेलाडी छन् ।

नेपालबाट लेग स्पिनर सन्दीप लामिछानेसहित युवा अलराउण्डर दिपेन्द्रसिंह ऐरी, तीव्र गतिका बलर सोमपाल कामी र मध्यक्रमका ब्याट्सम्यान रोहितकुमार पौडेल ड्राफ्टमा पर्न सफल भएका छन् । सन्दीपले गतवर्ष नै सीपीएल खेलिसकेका छन् भने सोमपाल, रोहित र दिपेन्द्र पहिलो विदेशी लिग खेल्ने तयारीमा रहेका छन् । ड्राफ्ट नेपाली समयअनुसार बुधबार बेलुका ७:४५ बजे हुनेछ ।

सम्रगमा २० देशबाट कुल ५ सय ३६ खेलाडी ड्राफ्टमा पर्न सफल भएका हुन् । ड्राफ्टमा आन्द्रे रसेल, राशिद खान, जोफ्रा आर्चर, एलेक्स हेल्स, सकिव अल हसन, जेपी डुमिनि, सुनिल नारायण, साई होप, शिम्रन हिटमायर लगात थुप्रै स्टार खेलाडी रहेका छन् ।

यस संस्करणको सीपीएल आगमी जुलाई ११ देखी अगष्ट १६ सम्म वेस्टइन्डिजमा चल्नेछ । अघिल्लो सिजन उत्कृष्ट प्रदर्शन गर्दै उदीयमान प्रतिभा समेत घोषित सन्दीप सीपीएलमा छनोट हुने संभावना पक्काजस्तै छ । गतवर्ष सन्दीपले सेन्ट किट्स एण्ड नेभिस प्याट्रियट्सबाट खेल्दै ५ खेलमा ७ विकेट लिएका थिए । सन्दीपलाई गतवर्ष प्याट्रियट्सले ५ हजार अमेरिकी डलर अर्थात ५ लाख ४० हजार पारिश्रमीकमा टोलीमा अनुबन्ध गरेको थियो । यसपटक उनको पारिश्रमिकमा पनि वृद्धि हुने बलियो सम्भावना छ ।

सीपीएलमा ६ टोली रहेका छन् । दिपेन्द्र, रोहित र सोमपाललाई ड्राफ्ट मार्फत कुनै टोलीले भित्र्याए सीपीएलनै यी तीन खेलाडीको लागि पहिलो विदेशी लिग हुने छ । सन्दीपले पछिल्लो समय अन्तर्राष्ट्रिय लिगमा उत्कृष्ट प्रर्दशन गरिरहँदा अन्य नेपाली खेलाडीको संभावना पनि बलियो देखिन्छ । यसअघि पाकिस्तान सुपर लिग (पीएसएल) ड्राफ्टमा सोमपाल कामीको नाम आएपनि उनलाई कुनै टोलीले समावेश गरेको थिएन ।

May 20, 2024

कोलकत्ता र राजस्थान बीचको खेलमा वर्ष बाधक

एजेन्सी – इंडियन प्रिमियर लिग (आईपिएल) सिजनको राउण्ड रोबिन चरण अन्तर्गतको अन्तिम खेलमा वर्षा बाधक बनेको छ । कोलकत्ता नाईट राइडर्स र राजस्थान रोयल्स बीचको खेल वर्षाका कारण एक बल पनि नखसिकन रद्द भएपछि राजस्थानले तेस्रो स्थानमा चित्त बुझाउनु पर्नेछ छ । कोलकत्ताले यस खेल अघि शीर्ष स्थानमा रही प्लेअफमा स्थान बनाइसकेको थियो । तर […]

May 19, 2024

एनसीसीएस भ्याली कप क्रिकेट यसै महिना

काठमाडौं (हाम्रो खेलकुद) – भक्तपुर जिल्ला क्रिकेट संघले एनसीसी आमन्त्रित उपत्यकाव्यापी टि ट्वान्टी क्रिकेट प्रतियोगिता आयोजना गर्ने भएको छ । महिला र पुरुषको छुट्टाछुट्टै प्रतिस्पर्धा हुनेछ । शैक्षिक संस्था एनसीसीएस समूहसँग मिलेर भक्तपुरले जेठ १२ देखि १९ गते सम्म आयोजना गर्ने प्रतियोगितामा पुरुषतर्फ ६ एकेडेमी र महिलातर्फ ३ जिल्लाले सहभागिता रहने आइतबार पत्रकार सम्मेलनमार्फत जानकारी […]

May 19, 2024

पञ्जाबलाई हराउँदै हैदराबाद दोस्रो स्थानमा

एजेन्सी – लिग चरणको आफ्नो अन्तिम खेलमा जित दर्ता गर्दै सनराईजर्स हैदराबाद इंडियन प्रिमियर लिग (आईपिएल) को तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । पञ्जाब विरुद्ध ४ विकेटको जित दर्ता गर्दै हैदराबाद दोस्रो स्थानमा उक्लिएको हो । पञ्जाबले दिएको २१५ रनको विशाल लक्ष्य हैदराबादले ५ बल बाँकी छँदा ६ विकेट गुमाएर भेटायो । हैदराबादका लागि अभिषेक […]

Success

Thank you for your time.