default_image

5 years ago

May 23, 2019

स्मिथ चम्केपछि अष्ट्रेलियाले वेस्ट इन्डिजलाई हरायो

32 views

0 Bookmark

एजेन्सी – विश्वकप सुरु हुन एक साता बाँकी रहेको अवस्थामा अष्ट्रेलियाले अभ्यास खेलमा वेस्ट इन्डिजलाई ७ विकेटले पराजित गरेको छ ।

टस हारेर पहिला ब्याटिङ थालेको वेस्ट इन्डिज ४६.२ ओभरमा अल आउट हुँदै २ सय २९ रनमा समेटिएको थियो । वेस्ट इन्डिजका मिडिल अडरमा कार्लोस वर्थवेटले सर्वाधिक ६० रन बटुले । उनले ६४ बलमा ५ चौका र ३ छक्का प्रहार गरेका थिए ।

त्यस्तै ओपनर इभिन लुईसले ५६ बलमा ६ चौका र १ छक्का प्रहार गर्दै ५० रनको योगदान दिए । शाई होप २१, सुनिल एम्ब्रीस ३७, फेविन एलिनले १२ रन जोड्न बाहेक अन्यले राम्रो प्रर्दशन गर्न सकेनन् । अष्ट्रेलियाका मिचेल स्टार्क,ग्लेन म्याक्सवेल,प्याट कमिन्स र नाथन कुल्टन नाईलले समान २ विकेट लिए । त्यस्तै एडम जम्पा र जेसन बेहरनडर्फको नाममा समान १ विकेट रह्यो ।

२ सय ३० रनको लक्ष्य अष्ट्रेलियाले ३८.३ ओभरमा ३ विकेटको क्षतिमा पुरा गर्यो । अष्ट्रेलियाको सहज जितमा स्टिभ स्मिथले ८२ बलमा ७ चौका र २ छक्का प्रहार गर्दै ७६ रनको योगदान दिए । त्यस्तै कप्तान आरोन फिन्च ४२ र डेविड वार्नर १२ रनमा आउट हुँदा शन मार्श ५५ र ग्लेन म्याक्सवेल १८ रनमा अविजित रहे । वेस्ट इन्डिजका ओशन थोमस र कार्लोस बर्थवेटले समान १ विकेट हात पारे ।

यस अभ्यास खेलको क्रममा अष्ट्रेलियाका शीर्षक्रमका ब्याट्सम्यान उस्मान खवाजा घाइते हुन पुगेका छन् । अष्ट्रेलियाले  विश्वकप अघि २५ मे मा इंग्ल्यान्ड र २७ मे मा श्रीलंकासँग अभ्यास खेल खेल्ने छ । विश्वकपमा अष्ट्रेलियाले पहिलो खेल जुन १ मा अफगानिस्तानसँग खेल्दै सुरुवात गर्ने छ ।

May 17, 2024

नेपालको लगातार दोस्रो जित

काठमाडौं (हाम्रो खेलकुद) – विश्वकप तयारीका लागि सेन्ट भिन्सेन्ट एण्ड द ग्रेनाडिन्स पुगेको नेपाली टोलीले विनवार्ड्स भोलक्यानोज विरुद्ध लगातार दोस्रो जित दर्ता गरेको छ । पार्क हिल मैदानमा भएको दोस्रो खेलमा नेपाल ४९ रनले विजयी भएको हो । नेपालले दिएको १८० रनको लक्ष्य पछ्याएको घरेलु टोली १८.४ ओभरमा १३० रनमा समेटियो । नेपालको जितमा कुशल […]

May 17, 2024

नेपालले अमेरिका र क्यानडाविरुद्ध विश्वकप वार्म-अप खेल खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – आईसिसी टि-२० विश्वकप अघि नेपालले खेल्ने आधिकारिक वार्म-अप खेलको तालिका सार्वजनिक भएको छ । नेपालले दुई एसोसिएट राष्ट्र अमेरिका र क्यानडा विरुद्ध वार्म अप खेल खेल्ने भएको हो । नेपालले दुवै खेल टेक्सास स्थित ग्रान्ड प्रेरी क्रिकेट स्टेडियममा खेल्नेछ । नेपालले २७ मेमा क्यानडा विरुद्ध खेल्नेछ भने ३० मेमा अमेरिकाको सामना […]

May 16, 2024

गुजरातविरुद्ध खेल रद्द, हैदराबाद प्लेअफमा पुग्ने तेस्रो टोली

एजेन्सी – सनराईजर्स हैदराबाद जारी इंडियन प्रिमियर लिग (आईपिएल) को प्लेअफमा पुग्ने तेस्रो टोली बनेको छ । गुजरात टाईटन्स विरुद्धको बिहीबारको खेल वर्षाका कारण टस नै नभई रद्द भएपछि हैदराबाद प्लेअफमा पुग्ने पक्का भएको हो । तेस्रो स्थानमा रहेको हैदराबाद १३ खेलमा १५ अंक भएको छ । दोस्रो स्थानमा रहेको राजस्थान रोयल्सको १३ खेलमा १६ […]

Success

Thank you for your time.