काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको प्रधानमन्त्री कप एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगिताको लागि नेपाल पुलिस क्लवले आफ्नो १४ सदस्य टोली घोषणा गरेको छ ।

बिहीबार गरेको घोषणा टोलीमा राष्ट्रिय टोलीबाट खेलि सकेका दिपेन्द्र सिंह ऐरी, सुनिल धमला, दिलिप नाथ लगायतका खेलाडीको बाहुल्यता रहेको छ । पछिल्लो समय नेपाल एपीएफ क्लबबाट खेलेका राष्ट्रिय खेलाडी अनिल शाह र पवन सर्राफ पुलिसबाट खेल्ने भएका छन् । प्रतियोगिता भोलीदेखि जेठ २५ सम्म मुलपानी र टियु क्रिकेट मैदान कीर्तिपुरमा चल्ने छ । प्रतियोगितामा ७ प्रदेश र तीन विभागिय गरि १० टोलीले प्रतिस्पर्धा गर्ने छन् ।
समुह ए मा एपीएफ, प्रदेश ५, प्रदेश ३, सूदुरपश्चिम र गण्डकी रहेका छन् । समुह बी मा त्रिभुवन आर्मी, नेपाल पुलिस, प्रदेश २, प्रदेश १ र कर्णाली प्रदेश रहेका छन् । राउन्ड रोविन लिग पछि समूहका शीर्ष २ टोली सेमिफाइनल पुग्नेछन् । नेपाल पुलिसले पहिलो खेल भोली नै उद्धघाटन खेलमा प्रदेश १ सँग मुलपानीमा प्रतिस्पर्धा गर्ने छ । जेठ १४ मा मुलपानीमै पुलिसले कर्णालीसँग प्रतिस्पर्धा गर्ने छ । त्यस्तै जेठ १५ मा प्रदेश २ र जेठ १८ मा त्रिभुवन आर्मीसँग खेल्ने कार्यतालिका रहेको छ ।
पीएम कप खेल्ने पुलिसको १४ सदस्य टोली :
१.मञ्जित श्रेष्ठ(कप्तान)
२.अमित श्रेष्ठ
३.दिलिप नाथ
४.सुनिल धमला
५.दिपेन्द्र सिंह ऐरी
६.कुशल भुर्तेल
७.सागर ढकाल
८.ललित नारायण राजवंशी
९.ललित भण्डारी
१०.अभिनाष कर्ण
११.आरिफ शेख
१२.राम नरेश गिरी
१३.अनिल कुमार शाह
१४.पवन सरार्फ