7 years ago
May 23, 2019
काठमाडौं (हाम्रो खेलकुद)– तेस्रो संस्करणको प्रधानमन्त्री कप एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगिताकोको उद्धघाटन कीर्तिपुर स्थित टियू क्रिकेट मैदानमा हुने भएको छ ।

राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य सचिव केशव कुमार विष्टले पीएम कपको उद्धघाटन टियू क्रिकेट मैदान कीर्तिपुरमा हुने जानकारी दिए । यद्यपी मुलपानीमा खेल भने हुने छ । यसअघि पीएम कपको उद्धघाटन मुलपानी क्रिकेट मैदानमा हुने बताईएको थियो । तर राखेपका सदस्य सचिव विष्टका अनुसार उद्धघाटन टियू मैदानमा हुने भएको छ । भोली मुलपानी मैदानमा नेपाल पुलिस क्लब र प्रदेश १ बीच खेल भने हुने छ । उद्धघाटन हुने टियू मैदानमा भोली त्रिभुवन आर्मी क्लव र प्रदेश २ बीच प्रतिस्पर्धा हुने छ ।
जेठ १० गते देखि २५ गते सम्म मुलपानी र टियु क्रिकेट मैदान कीर्तिपुरमा चल्ने प्रतियोगितामा ७ प्रदेश र तीन विभागिय गरि १० टोली रहेका छन् । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समुह ए मा एपीएफ,प्रदेश ५,प्रदेश ३,सुदुरपश्चिम र गण्डकी रहेका छन् । समुह बी मा त्रिभुवन आर्मी,नेपाल पुलिस,प्रदेश २,प्रदेश १ र कर्णाली प्रदेश रहेका छन् । त्यसै दिन टीयू मैदानमा आर्मी र प्रदेश २ बीच प्रतिस्पर्धा हुने छ ।
राउन्ड रोविन लिग पछि समूहका शीर्ष २ टोली सेमिफाइनल पुग्नेछन् । सेमिफाईनल खेल जेठ २२ र २३ गते हुने छ । २४ गते रेष्ट हुँदा २५ गते फाईनल हुने छ ।
प्रधानमन्त्री कपको विजेताले उपाधिसहित २० लाख रुपैयाँ प्राप्त गर्ने छ । दोस्रो हुने टोलीले १० लाख रुपैयाँ पाउनेछ । प्रतियोगिताकै उत्कृष्ट खेलाडीले मोटर साइकल पाउने छन् । त्यस्तै उत्कृष्ट ब्याट्सम्यान र बलरले समान ५० हजार प्राप्त गर्ने छन् । प्रतियोगितामा एक हातले क्याच लिने दर्शकले ५० हजार रुपैयाँ पाउने छन् ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]