default_image

7 years ago

May 23, 2019

पीएम कपको लागि गण्डकी प्रदेशको टोली घोषणा

101 views

0 Bookmark

काठमाडौं (हाम्रोखेलकुद) – तेस्रो संस्करणको प्रधानमन्त्री कप एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेशले आफ्नो १४ सदस्य टोली घोषणा गरेको छ ।

बिहीबार गरेको घोषणा टोलीको कप्तानी गोविन्द्र प्रधानले गर्ने छन् । प्रतियोगिता भोलीदेखि जेठ २५ सम्म मुलपानी र टियु क्रिकेट मैदान कीर्तिपुरमा चल्ने छ । प्रतियोगितामा ७ प्रदेश र तीन विभागिय गरि १० टोलीले प्रतिस्पर्धा गर्ने छन् ।

समुह ए मा एपीएफ, प्रदेश ५, प्रदेश ३, सूदुरपश्चिम र गण्डकी रहेका छन् । समुह बी मा त्रिभुवन आर्मी, नेपाल पुलिस, प्रदेश २, प्रदेश १ र कर्णाली प्रदेश रहेका छन् । राउन्ड रोविन लिग पछि समूहका शीर्ष २ टोली सेमिफाइनल पुग्नेछन् । गण्डकीले पहिलो खेल जेठ १२ मा कीर्तिपुर मैदानमा पारस खड्का कप्तान रहेको प्रदेश ३ को सामना गर्ने छ । मुलपानीमा जेठ १३ मा सुदूरपश्चिमसँग भिड्ने छ । जेठ १७ मा मुलपानीमा एपीएफसँग खेल्ने छ । त्यस्तै समुह चरणको अन्तिम खेल जे १९ मा मुलपानीमै प्रदेश ५ को सामना गर्ने कार्यतालिका रहेको छ ।

पीएम कप खेल्ने १४ सदस्य टोली :
१.अनिल गुरुङ
२.आकश थापा
३.राहुल शर्मा
४.विधान श्रेष्ठ
५.सुमन मिमिरे
६.गोविन्द्र प्रधान(कप्तान)
७.अमृत गुरुङ
८.विशाल पौडेल
९.सुवास भण्डारी
१०.विपिन खत्री
११.मेख बहादुर शेन थापा
१२.चन्द्रकान्त पौडेल
१३.किशोर महतो
१४.दिपेश श्रेष्ठ

प्रशिक्षक : चन्द्रकुमार गुरुङ
ब्यवस्थापक : रिजन प्रजु

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.