एजेन्सी – एकदिवसिय विश्वकप अघि वार्म अप खेलमा दक्षिण अफ्रिकाले श्रीलंकालाई ३ सय ३९ रनको विशाल लक्ष्य दिएको छ । कार्डिफमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा ७ विकेटको क्षतिमा ३ सय ३८ रन बनायो ।

दक्षिण अफ्रिकालाई विशाल योगफल सम्म पुर्याउन कप्तान फाफ डु प्लेसिसले आक्रमक ८८ रनको महत्वपूर्ण योगदान दिए । २५ ओभरको दोस्रो बलमा धनन्जय डी शिल्भाले सुरुङगा लकमलबाट क्याच गराउनु अघि ६९ बलमा ७ चौका र ४ छक्का प्रहार गरे । ओपनर हासिम अमलाले पनि ६५ रनको उत्कृष्ट योगदान दिए ।
२४ अौं ओभरको पाँचौ बलमा जीवन मेन्डिसले बोल्ड आउट गर्नु अघि उनले ६१ बलमा ९ चौका प्रहार गरे । रस्सि भार दुसेन ४०,एडेन मार्करम २१,जेपी ड्युमिनी २२,डेभिड मिलर ५एन्डिले फेहलुकवेलो ३५ रन रनमा आउट भए । क्रिस मोरिस २६ र ड्वेन प्रिटोरियस २५ रनमा अविजित रहे ।
श्रीलंकाका सुरुङ्गा लकमल र नुवान प्रदिपले समान २ विकेट लिए । त्यस्तै इसुरु उडाना,जीवन मेन्डिस र धनन्जय डी भिल्भाले समान १ विकेट हात पारे ।