7 years ago
May 26, 2019
काठमाडौं (हाम्रो खेलकुद) – प्रदेश ५ ले काठमाडौंमा जारी तेस्रो संस्करणको प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि १४ सदस्यीय टोली घोषणा गरेको छ ।

आईतबार विहान घोषणा गरेको टोलीको कप्तानी पछिल्लो समय घरेलु क्रिकेट उत्कृष्ट प्रर्दशन गर्दैै आएका अलराउण्डर कृष्ण कार्कीले गर्ने छन् । टोलीमा कृष्ण सहित हिटर सौरभ खनाल, सन्दीप सुनार देखी युवा प्रतिभा अनिल खरेल सम्म अटाएका छन् । समुह ए मा रहेको प्रदेश ५ ले पहिलो खेल जेठ १३ मा प्रदेश ३ सँग मुलपानी क्रिकेट मैदानमा खेल्ने छ ।
जेठ १६ टियूमा सुदूरपश्चिमसँग प्रतिस्पर्धा गर्दा जेठ १९ मा एपीएफसँग मुलपानी क्रिकेट मैदानमा खेल्ने छ । समुह चरणको अन्तिम खेल टियुमै जेठ २० मा गण्डकीसँग खेल्ने कार्यतालिका छ । शीर्ष दुईमा रहन सके प्रदेश ५ सेमिफाईनल प्रवेश गर्नेछ ।
१४ सदस्यीय टोली :
१.कृष्ण कार्की(कप्तान)
२.सौरभ खनाल
३.सुवेन्दु पाण्डे
४.सन्दीप सुनार
५.प्रनित थापा मगर
६.विक्रम भुषाल
७.निश्चल चौधरी
८.सुरज दराई
९.जितेन्द्र साहनी
१०.प्रकाश केसी
११.अनिल खरेल
१२.अनुपभ सिंह
१३.सिद्धान्त राज शाही
१४ .अमित तामाङ
प्रशिक्षक – बसन्त शाही
ब्यवस्थापक – होमेन्द्र क्षेत्री
वैकल्पिक खेलाडी :
रोविन क्षेत्री
एकलाख अहमद
आकश विष्ट
विशाल बिक्रम केसी
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]