default_image

7 years ago

May 26, 2019

विश्वकपमा सर्वाधिक विकेट लिन सक्ने ५ खेलाडी

157 views

0 Bookmark

एजेन्सी –इंग्ल्यान्ड र वेल्समा संयुक्त रुपमा आयोजना हुने एक दिवसिय विश्वकपको लागि सबै टोली अन्तिम तयारीको लागि वार्मअप खेलमा व्यस्त छन् । वार्मअपपछि हरेक टोलीले आफ्नो उत्कृष्ट ११ खेलाडी विश्वकपमा मैदानमा उतार्ने छन् ।

पछिल्लो समय इंग्ल्यान्डमा भएको खेलको प्रर्दशन हेर्दा यस पटक मैदान ब्याटिङ उपयोगी मानिएको छ । जसको कारण बलरको लागि निकै दबाब पर्न सक्ने अनुमान गरिएको छ । इंग्ल्यान्डको मैदान स्पिनर भन्दा तीब्र गतिका बलर उपयोगि मानिन्छ । छलाङ र स्विङ अत्याधिक हुने गर्दछ ।

विश्वकप अघि नै कुनै पनि खेलाडीले कस्तो प्रर्दशन गर्न सक्ला भनेर त्यस खेलाडीको क्षमता र पछिल्लो समयमा गरेका प्रर्दशनलाई आधार मानेर अनुमान गर्न सकिन्छ । त्यस्तै यी ५ खेलाडी जसले आफ्नो उत्कृष्ट प्रर्दशनमा टोलीको जित पक्का गर्नुको साथै सर्वाधिक विकेट लिने खेलाडी समेत बन्न सक्छन् ।

५. जोफ्रा आर्चर (इंग्ल्यान्ड)

इंग्ल्यान्डका तीव्र गतिका युवा बलर जोफ्रा आर्चरलाई यस विश्वकपमा विशेष महत्वको साथ हेरिएको छ । फ्रेन्चाइज लिग र घरेलु क्रिकेटमा निरन्तर उत्कृष्ट प्रर्दशन गरेपछि आर्चरले गत मे ३ मा आयरल्यान्डविरुद्ध डेब्यू गरेका थिए । डेब्यू गरेको तीन हप्तामै इंग्ल्यान्डको विश्वकप टोली अटाएका आर्चर योर्कर बलिङ गर्न सिपालु छन् । जस्तो सुकै दबाबमा पनि नियन्त्रणका साथ बलिङ गर्न सक्ने क्षमता उनिमा छ । केहि साता अघि भारतमा सम्पन्न आईपीएलमा पनि आर्चरले उत्कृष्ट प्रर्दशन गरेपछि इंग्ल्यान्डको टोली मौका दिएको थियो ।

पावर प्ले र डेथ ओभरमा उत्कृष्ट प्रर्दशन गर्ने आर्चरको गतीको बलिङको समाना गर्न विश्वका जुन सकै ब्याट्सम्यानलाई धौं–धौं पर्दछ । पहिलो पटक उपाधि जित्ने दाउमा रहेको इंग्ल्यान्डलाई आर्चरको प्रर्दशन निमै महत्वपूर्ण हुने छ । आर्चरलाई घरेलु मैदानको बारे राम्रोसँग थाहा छ । जसको फाईदा उठाईदै यस विश्वकपमा आर्चर सर्वाधिक विकेट लिने खेलाडी बन्न सक्छन् ।

४. मिचेल स्टार्क (अष्ट्रेलिया)

तीव्र गतिका बलर मिचेल स्टार्कले यस विश्वकपमा पनि आफ्नो दवदबाह कायमै राख्न सक्छन् । १६०.४ को प्रतिघण्टा स्पिडमा बलिङ कतिपय ब्याट्सम्यानले पत्तो समेत पाउन सक्दैनन् । उनको बलमा क्रिजमा टिक्न जो कोही ब्याट्सम्यानलाई धौ–धौ पर्ने गर्दछ । स्टार्क गतिसँगै स्विंग र योर्कर फ्याक्न पनि त्यतिनै सिपालु छन् । सन् २०१५ को विश्वकपमा अष्ट्रेलियालाई च्याम्पियन बनाउन ८ खेलमा ३.५० को इकोनमीमा रन खर्चिदै २२ विकेट लिदै म्यान अफ द सिरिज घोषित भएका थिए । वेस्ट प्रर्दश ६–२८ थियो ।

स्टार्क सर्वाधिक छिटो १ सय विकेट पुरा गर्ने खेलाडी पनि हुन् । पछिल्लो एक वर्ष यता चोटका कारण टोली बाहिर रहेका स्टार्क आफ्नो उत्कृष्ट प्रर्दशनमा अष्ट्रेलिया जित पक्का गर्न आतुर पनि देखिन्छन् । उनले ७५ ओडीआईमा १ सय ४५ विकेट लिदा ईकोनमी रेट ४.९४ र वेस्ट प्रर्दशन ६–२८ रहेको छ । इंग्ल्यान्डको मैदानमा तीब्र गतिका बलरलाई राम्रो साथ मिल्ने हुँदा स्टार्कले उत्कृष्ट प्रर्दशन गर्दै यो विश्वकपमा पनि सर्वाधिक विकेट लिने खेलाडी बन्न सक्छन् ।

३. कागिसो रबाडा (दक्षिण अफ्रिका)

rabada

२४ वर्षिय दक्षिण अफ्रिकी तीब्र गतिका युवा बलर कागिसो रबाडाले छोटो समयमै विश्व क्रिकेटमा आफ्नो प्रभाव जमाएका छन् । निरन्तर उत्कृष्ट प्रर्दशन गर्दै आएका रवाडाले दिल्ली क्यापिटल्सलाई ७ वर्षपछि आईपीएलको प्ले अफमा पुर्याउन उत्कृष्ट प्रर्दशन गर्दै १२ खेलमा २५ विकेटका लिएका थिए । यस आईपीएलमा रबाडा सर्वाधिक विकेट लिने दोस्रो खेलाडी समेत बने । चोटका कारण आईपीएलमा अन्तिममा केहि खेल गुमाएका रबाडा पूर्णरुपमा फिट भई सकेका छन् ।

रवाडा जस्तो सुकै दबाबमा पनि हरेक बलमा योर्कर गर्न सक्ने क्षमता राख्दछन् । दक्षिण अफ्रिकाबाट ६५ ओडीआईमा ४.९८ इकोनमिमा रन खर्चिदै कुल १ सय ६ विकेट आफ्नो नाममा लेखाएका छन् । वेस्ट प्रर्दशन ६–१६ छ । रबाडाले विश्वकपमा उत्कृष्ट प्रर्दशन गर्दै सर्वाधिक विकेट लिने खेलाडी बन्न सक्छन् ।

२. टेन्ट्र बोल्ट (न्युजिल्यान्ड)

न्युजिल्यान्डका तीब्र गतिका बलर टेन्ट्र बोल्ट ब्याट्सम्यानलाई बोल्ड आउट गर्न सिपालु छन् । स्विंम बलिङमा ब्याट्सम्यानलाई एलवी डब्लू धराप र बोल्ड आउट गर्ने क्षमता उनिमा छ । पावर प्ले र डेर्थ ओभरमा उत्कृष्ट प्रर्दशन गर्ने बोल्टले आफ्नो गतिमा विपक्ष्यलाई सहजै धरासयी बनाउँदै न्युजिल्यान्डको जित सहज बनाउन सक्छन् । सन् २०१५ को विश्वकपमा न्युजिल्यान्डलाई फाइनल सम्म पुर्याउन ९ खेलमा २२ विकेट लिदै सर्वाधिक विकेट लिने खेलाडीमा दोस्रो स्थानमा रहेका थिए । बोल्टले ७९ खेलमा १ सय ४७ विकेट लिएका छन् । जसमा इकोनमी रेट ५.०७ हुँदा वेस्ट प्रर्दशन ७–३४ छ ।

शनिवार वार्मअप खेलमा भारतविरुद्ध बोल्टले उत्कृष्ट प्रर्दशन गर्दै ४ विकेट लिएपछि न्युजिल्यान्डले सहज जित हात पारेको थियो । वार्मअप खेलको प्रर्दशनले उनले मनोबल अझै उच्च बनेको छ । इंग्ल्यान्डको मैदान पनि बोल्टको गतिलाई साथ मिल्ने हुँदा यो विश्वकपमा उनि सर्वाधिक विकेट लिने खेलाडी बन्न सक्छन् ।

१. जसप्रित बुमराह (भारत)

Kohli and Bumrah

तीव्र गतिका बलर जसप्रित बुमराह भारतका लागि यस विश्वकपमा प्रमुख हतियार हुन् । छोटो समयमै विश्व क्रिकेटमा राज जमाएका बुमराहको यो पहिलो ओडीआई विश्वकप समेत हो । वान डे क्रिकेटमा विश्वकपका नम्बर वान बलर समेत रहेका बुमराह आफ्नो उत्कृष्ट प्रर्दशनमा विपक्ष्यलाई सस्तैमा रोक्न र कठिन जितलाई सहज बनाउन सक्छन् । उनको बलिङमा रन जोड्न सबै ब्याट्सम्यानलाई कठिन हुने पर्दछ ।

पावर प्ले र डेर्थ ओभरमा उत्कृष्ट प्रर्दशन गर्ने बुमराहको बलमा ब्याट्सम्यान रन लिन भन्दा पनि क्रिजमा बच्न खोज्ने गर्दछ । योर्कर मास्टरको उमनाम पाएका बुमराह पछिल्ला तीन वर्षमा भारतबाट पहिलो रोजाईको तीब्र गतिको बलरको रुपमा खेल्दै आएका छन् । ४९ ओडीआईमा ८५ विकेट लिदा ईकोनमी रन ४.५१ को र वेस्ट प्रर्दशन ५–२७ छ । एक महिना अघि सम्पन्न आईपीएमा मुम्बई इन्डियन्सलाई च्याम्पियन बनाउन १९ विकेट लिदै उत्कृष्ट प्रर्दशन गरे । पछिल्लो समय उत्कृष्ट प्रर्दशन गर्दै आएका बुमराहले यस विश्वकपमा पनि त्यहि लयलाई निरन्तरता दिदै सर्वाधिक विकेट लिने खेलाडी बन्न सक्छन् ।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.