7 years ago
May 27, 2019
काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौंमा जारी तेस्रो संस्करणकोे प्रधानमन्त्री राष्ट्रिय एक दिवसिय क्रिकेट प्रतियोगिता अन्तर्गत मुलपानी क्रिकेट मैदानमा भएको खेलमा प्रदेश ५ ले प्रदेश ३ लाई १ सय २३ रनको समान्य लक्ष्य दिएको छ ।

मुलपानीमा टस हारेर पहिला ब्याटिङ थालेको प्रदेश ५ ले ४२ ओभरमा १ सय २२ रन बनाउन अल आउट भयो । प्रदेश ५ का लागि सवेन्दु पाण्डेले ३९ बलको सामना गर्दै ३ चौका सहित सर्वाधिक २० रनको योगदान दिए । सुरज दराई १८, सन्दीप सुनार १४ र सौरभ खनालले १३ रन जोड्न बाहेक अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
प्रदेश ३ को कसिलो बलिङ सामु प्रदेश ५ का ७ ब्याट्सम्यानले दोहोरो अंकमा रन बटुल्न सकेनन् । प्रदेश ३ का लागि कप्तान पारस खड्काले १० ओभरमा ३ मेडन सहित २४ रन खर्चेर ४ विकेट लिए । सुर्य तामाङले १० ओभरमा ३ मेडन सहित १६ रन खर्चेर ३, नन्दन यादव २,प्रतिस जिसीले १ विकेट हात पारे ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]