7 years ago
May 27, 2019
एजेन्सी – एकदिवसिय विश्कपअघि वार्मअप खेलमा अफगानिस्तानले घरेलु टोली इंग्ल्यान्डलाई १ सय ६१ रनको सामान्य लक्ष्य दिएको छ ।

ओभलमा टस हारेर पहिला ब्याटिङ थालेको अफगानिस्तानले ३८.४ ओभरमा अल आउट हुँदै १ सय ६० रनमा समेटियो । अफगानिस्तानका लागि मोहम्मद नाबीले सर्वाधिक ४४ रनको महत्वपूर्ण योगदान दिए । अन्तिम विकेटका रुपमा आउट हुनु अघि नाबीले ४२ बलमा १ चौका र ३ छक्का प्रहार गर्दै रनको महत्वपूर्ण योगदान दिए । नाबीलाई जोफ्रा आर्चरले जोनी बेयस्टोबाट बाउन्डी लाईनमा उत्कृष्ट क्याच आउट गराएका थिए ।
३२.३ ओभरमा १२७–९ को कमजोर अवस्थामा पुगेको अफगानिस्तानलाई अन्तिम विकेटका लागि दवालत जद्रान र मोहम्मद शामीले ३३ रनको उत्कृष्ट साझेदारी गरेपछि अफगानिस्तान सम्मानजनक योगफलमा पुगेको हो । दवालतले १७ बलमा २ चौका र १ छक्का प्रहार गर्दै २० रनमा अविजित रहे ।
२४.४ ओभरमा ८–९२ को कमजोर अवस्थामा पुगेको अफगानिस्तानलाई मोहम्मद नाबी र अफ्तब आलमले नवौं विकेटको लागि ३५ रनको साझेदारी गर्दै उनिङ उसकासे । यी दुईबीचको साझेदारी जो रुटले ३३ ओभरको तेस्रो बलमा आदिल राशिदबाट अफ्तव आलमलाई ६ रनमा क्याच आउट गर्दै तोडेका थिए ।
ओपनर नुर अलीले ३० बटुले । १२ ओभरको चौथो बलमा बेन स्ट्रोक्सले बोल्ड आउट गर्नु अघि ३४ बलमा ५ चौका प्रहार गरे । ओपनर हज्रतुल्लाह जजाई ११, सामथ शाह ३,हसमतुल्लाह साहिदी १९,अस्गर अफगान १०,राशिद खान डक र कप्तान गुलबदीन नाइब १४ रनमा आउट भए ।
इंग्ल्यान्डका लागि जो रुटले ६ ओभरमा २२ रन खर्चेर ३ विकेट लिए । जोफ्रा आर्चरले ३,बेन स्ट्रोक्स र मोइन अलीको नाममा १ विकेट रह्यो ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]