default_image

7 years ago

May 27, 2019

श्रीलंकाद्धारा अष्ट्रेलियालाई मध्यम लक्ष्य प्रस्तुत

131 views

0 Bookmark

एजेन्सी – इंग्ल्यान्डमा यसै साताबाट सुरु हुने एकदिवसिय विश्वकपअघि वार्मअप खेलमा श्रीलंकाले अष्ट्रेलियालाई २ सय ४० रनको लक्ष्य दिएको छ ।

साउथह्याम्प्टनमा टस जितेर पहिला ब्याटिङ थालेको श्रीलंकाले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा २ सय ३९ रन बनायो । उसका लागि ओपनर लाहिरू थीरिमानेले सर्वाधिक ५६ रनको योगदान दिए । २५ ओभरको अन्तिम बलमा नाथन लायनले बोल्ड आउट गर्नु अघि उनले ६९ बलमा ७ चौका प्रहार गरे ।

कप्तान दिमुथ करुणारत्ने १६, कुशल परेरा १२, कुशल मेन्डिस २४, एन्जिलो मैथ्यूज १७, जीवन मेन्डिस २१ रनमा आउट भए । तल्लोक्रमका धनन्जय डी शिल्भाले ४१ बलमा ४ चौका सहित ४३ र थिसेरा परेराले २७ रन बटुले ।

अष्ट्रेलियाका लागि एडम जम्पाले सर्वाधिक २ विकेट लिए । मिचेल स्टार्क, प्याट कमिन्स, केन रिचड्सन, ग्लेन म्याक्सवेल, नाथन लायन र स्टिभ स्मिथको नाममा समान १ विकेट रह्यो ।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.