7 years ago
May 28, 2019
काठमाडौं (हाम्रो खेलकुद)– नेपाली क्रिकेट प्रशिक्षकहरुको हकहितको उद्देश्यसहित नेपाल क्रिकेट प्रशिक्षक संघको तदर्थ समिति गठन भएको छ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक जगत टमाटाको अध्यक्षतामा मंगलबार ११ सदस्यीय समिति गठन भएको हो ।

झन्डै २५ जना प्रशिक्षकहरुको भेलाले संघको उपाध्यक्षमा राजु बस्न्यात, सचिव बसन्त शाही र कोषाध्यक्ष कैलाश विष्ट चयन भएका छन् ।
संघको सदस्यमा श्यामसन जंग थापा, शेर बहादुर लामा, निरा राजोपाध्याय, मनोज कटवाल, प्रकाश शर्मा, ज्ञानेन्द्र क्षेत्री र रिजन प्रजु छन् । संघको सल्लाहकारमा उपेन्द्र भट्टराई, अरुण अर्याल र सुनोज भट्टराई छन् ।
तदर्थ समितिले छ महिना भित्र विधान तयार पारेर निर्वाचन गर्ने जिम्मेवारी पाएको छ । अध्यक्ष टमाटाले प्रशिक्षकको हकहित, स्तर उन्नती र क्रिकेट विकासका लागि समन्वय गर्ने उद्देश्यका साथ संघ गठन गरेको बताए ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]