default_image

5 years ago

May 29, 2019

वेस्ट इन्डिजले न्युजिल्यान्डलाई सहजै हरायो

एजेन्सी – एक दिवसिय विश्वकप अघि वार्मअप खेलमा वेस्ट इन्डिजले न्युजिल्यान्डलाई ९१ रनले हराएको छ । ४ सय २२ रनको विशाल लक्ष्य पछ्पाएको न्युजिल्यान्ड ४७.२ ओभरमा अल आउट हुँदै ३ सय ३० रनमा समेटियो । उसका लागि टम ब्लन्डेलले शतक प्रहार गरे पनि विशाल लक्ष्य पछ्याउन प्राप्त भएन । कार्लोस वर्थवेटले विकेटकीपर शाई होपबाट क्याच […]

25 views

0 Bookmark

एजेन्सी – एक दिवसिय विश्वकप अघि वार्मअप खेलमा वेस्ट इन्डिजले न्युजिल्यान्डलाई ९१ रनले हराएको छ । ४ सय २२ रनको विशाल लक्ष्य पछ्पाएको न्युजिल्यान्ड ४७.२ ओभरमा अल आउट हुँदै ३ सय ३० रनमा समेटियो ।

उसका लागि टम ब्लन्डेलले शतक प्रहार गरे पनि विशाल लक्ष्य पछ्याउन प्राप्त भएन । कार्लोस वर्थवेटले विकेटकीपर शाई होपबाट क्याच आउट गराउनु अघि उनले ८९ बलमा ८ चौका र ५ छक्का सहित १ सय ६ रन योगदान थिए ।

त्यस्तै कप्तान केन विलियम्सनले ६४ बलमा ११ चौका र २ छक्का सहित ८५ रन बटुल्न बाहेक अन्य कुनै पनि ब्याट्सम्यानले राम्रो प्रर्दशन गर्न सकेनन् । ओपनर मार्टिन गुप्टिल ५,हेनरी निकोलस १५,रोस टेलर २,जेम्स निशम २०,कोलिन डी ग्राण्डहोम २३ र मिचेल सान्टनर १९ रनमा आउट भए । अन्तिमतिर इश सोधीले १६ बलमा समान ३ चौका र छक्का सहित ३९ रन बटुलै हारको अन्तर घटाए ।

वेस्ट इन्डिजका कार्लोस वर्थवेटले सर्वाधिक ३ विकेट लिए । त्यस्तै फविएन एलिनले २,सिल्डन कर्टेल,किमर रोच,ओशन थोमस र एलशे नर्शलेको नाममा समान १ विकेट रह्यो ।

त्यस अघि ब्रिस्टलमा टस हारेर पहिला ब्याटिङ थालेको वेस्ट इन्डिजले ४९।२ ओभरमा अल आउट हुँदै ४ सय २१ रन बनायो । विशाल योगफल बनाउन युवा खेलाडी शाई होपले शतक प्रहार गरे । ३६ ओभरको चौथो बलमा टेन्ट्र बोल्टले कप्तान केन विलियम्सनबाट क्याच आउट गराउनु अघि उनले ८६ बलमा ९ चौका र ४ छक्का सहित १ सय १ रन बटुले ।

त्यस्तै ४६ ओभरको पहिलो बलमा बोल्टले बोल्ड आउट गर्नु अघि आन्द्रे रसेलले २५ बलमा ७ चौका र ३ छक्का प्रहार गर्दै आक्रमक ५४ रन जोडे । ओपनर क्रिस गेलले २२ बलमा ४ चौका र ३ छक्का सहित आक्रमक ३६ रन जोड्दै उत्कृष्ट सुरुवात दिलाए ।

अर्का ओपनर इभिन लुईसले ५४ बलमा ६ चौका र १ छक्का सहित ५०,डरेन ब्राभो २५,निकोलस पुरन ९,शिम्ररोन हिटमायर २७, कप्तान जोसन होल्डर ४७ रनमा आउट भए ।

म्याट हेनरीले ४५ ओभरको दोस्रो बलमा रोश टेलरबाट क्याच गराउनु अघि होल्डरले ३२ बलमा समान ३ चौका प्रहार गरे । त्यस्तै कार्लोस वर्थवेट २४ र एलशे नर्शले २१ रन जोडे । न्युजिल्यान्डका टेन्ट बोल्टले ९।२ ओभरमा १ मेडन सहित ५० रन खचेर्एर ४ विकेट लिए ।

त्यस्तै म्याट हेनरीले २,जेम्श निशम र मिचेल सान्टनरको नाममा समान १ विकेट रह्यो । हेनरीले मात्र ९ ओभर बलिङ गर्दै १ सय ७ रन खर्चे ।

April 19, 2024

नेपाललाई हराउँदै यूएई प्रिमियर कपको फाइनलमा

मस्कट (हाम्रो खेलकुद) – साविक विजेता नेपाललाई पराजित गर्दै यूएई एसीसी मेन्स प्रिमियर कप २०२४ को फाइनलमा प्रवेश गरेको छ । अल अमेरतस्थित ओमान क्रिकेट एकेडेमीको मैदानमा नेपाललाई ६ विकेटले पराजित गर्दै यूएईले उपाधि भिडन्तमा स्थान पक्का गरेको हो । नेपालले प्रस्तुत गरेको १ सय २० रनको सामान्य लक्ष्य यूएईले ओभरमा ४ विकेटको क्षतिमा १८ […]

April 19, 2024

बागमती प्रदेशको दोस्रो जित

काठमाडौं (हाम्रो खेलकुद) – वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसिपमा बागमती प्रदेशले दोस्रो जित निकालेको छ। आज भएको खेलमा कोशी प्रदेशलाई ७ रनको झिनो अन्तरमा हराउँदै बागमतीले ४ अंक बनाएको छ। माथिल्लो मुलपानी मैदानमा जितको लागि १ सय ३९ रनको सामान्य लक्ष्य पछ्याएको कोशी प्रदेश २० ओभरमा अल आउट हुँदै १ सय ३१ रनमा समेटियो। […]

April 19, 2024

फाइनल पुग्न यूएईलाई नेपालको सामान्य लक्ष्य

मस्कट (हाम्रो खेलकुद) – एसीसी मेन्स प्रिमियर कप २०२४ अन्तर्गत नेपालले पहिलो सेमिफाइनलमा यूएईलाई १ सय २० रनको सामान्य लक्ष्य दिएको छ । अल अमेरतस्थित ओमान क्रिकेट एकेडेमीको मैदानमा नेपालले टस हारेपछि ब्याटिङको निम्तो पाएको थियो । शीर्षक्रमले संघर्ष गर्दा नेपालले तल्लोक्रमका ब्याटरको सहयोगमा २० ओभरमा ९ विकेट गुमाएर १ सय १९ रन जोड्यो । […]

Success

Thank you for your time.