default_image

7 years ago

May 29, 2019

धोनी र राहुलको शतकमा भारतको सहज जित

122 views

0 Bookmark

एजेन्सी – एक दिवसिय विश्वकप अघि वार्मअप खेलमा उपाधिको प्रमुख दाबेदार मानिएको भारतले बंगलादेशलाई ९५ रनले पराजित गरेको छ । ३ सय ६० रनको विशाल लक्ष्य पछ्पाएको बंगलादेश ४९.३ ओभरमा अल आउट हुँदै २ सय ६४ रनमा समेटियो ।

उसका लागि विकेटकिपर मुश्फिकुर रहिमले सर्वाधिक ९० रन योगदान दिएपनि जितको लागि प्राप्त भएन । ४० ओभरको दोस्रो बलमा कुलदिप यादवले बोल्ड आउट गनु अघि रहिमले ९४ बलमा ८ चौका र २ छक्का प्रहार गरे । ओपनर लिटन दासले ७३ रन बटुले । ३२ ओभरको तेस्रो बलमा युजवेन्द्र चाहलले महेन्द्र सिंह धोनीबाट स्टमपिङ आउट गराउनु अघि दासले ९० बलमा १० चौका प्रहार गरेका थिए ।

ओपनर सौम्य सरकारलाई दशौं ओभरको चौथो बलमा जसप्रित बुमराहले दिनेश कार्तिकबाट २५ रनमा क्याच आउट गराए । लगत्तै अर्को बलमा बुमराहले सकिब अल हसनलाई बोल्ड आउट गरेपछि बंगलादेश दवावमा परेको थियो ।

तेस्रो विकेटका लागि मुश्फिकुर रहिम र लिटन दासले १ सय २० रनको साझेदारी गर्दै इनिङ उकासेका थिए । मोहम्मद मिथुन डक,सब्बिर रहमान ७,मोसाद्देक हसन डक,मोहम्मद सैफुद्दीन १८ र मेहेदी हसन मिराजले २७ रन जोडे ।
भारतका लागि कुलदिव यादव र युजवेन्द्र चाहलले समान ३ विकेट लिए । त्यस्तै जसप्रित बुमराहले २ र रविन्द्र जडेजाको नाममा १ विकेट रह्यो ।

त्यस अघि कार्डिफमा टस हारेर पहिला ब्याटिङ थालेको भारतले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै ३ सय ५९ रन बनायो । भारतलाई विशाल योगफल तयार पार्न पुर्व कप्तान समेत रहेका विकेटकीपर महेन्द्रसिंह धोनीले १ सय १३ रनको उत्कृष्ट शतकीय योेगदान दिए ।

अन्तिम ओभरको दोस्रो बलमा सकिब अल हसनले बोल्ड आउट गर्नु अघि धोनीले ७८ बलमा ८ चौका र ७ छक्का प्रहार गरे । त्यस्तै केएल राहुलले १ सय ८ रनको महत्वपूर्ण योगदान दिए ।

४४ औं ओभरको दोस्रो बलमा सब्बिर रहमानले बोल्ड आउट गर्नु अघि राहुलले ९९ बलमा १२ चौका र ४ छक्का प्रहार गरे । एक समय २२ ओभरमा १०२-४ को कमजोर अवस्थामा पुगेको भारतलाई धोनी र राहुलले पाँचौ विकेटका लागि १ सय ६४ रनको उत्कृष्ट साझेदारी गर्दै विशाल योगफल सम्म पुर्याउन सफल भए ।

ओपनर शिखर धवनलाई भारतले १ रनमै गुमाएको थियो । धवनलाई मुस्ताफिजुर रहमानले एलवी डब्लू आउट गरे । १४ ओभरको तेस्रो बलमा रुवेल हसनले रोहित शर्मालाई १९ रनमा बोल्ड आउट गर्दै पेभिलिएन फर्काए । १९ ओभरको चौथो बलमा मोहम्मद सैफुद्दीनले कप्तान विराट कोहलीलाई ४७ रनमा बोल्ड आउट गरेपछि भारत दवावमा परेको थियो । कोहलीले ४६ बलमा ५ चौका प्रहर गरे । विजय शंकर २,हार्दिक पान्ड्या २१ रनमा आउट हुँदा दिनेश कार्तिक ७ र रविन्द्र जडेजा ११ रनमा अविजित रहे ।

बंगलादेशका लागि रुवेल हसन र सकिव अल हसनले समान २ विकेट लिए । मुस्ताफिजुर रहमान, मोहम्मद सैफुद्दीन र सब्बिर रहमानको नाममा समान १ विकेट रह्यो ।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.