7 years ago
May 29, 2019
एजेन्सी – एकदिवसिय विश्वकप बिहीबारदेखि इंग्ल्यान्ड र वेल्समा सुरु हुँदै छ । राउन्ड रोबिन लिगका आधारमा प्रतिस्पर्धा हुने विश्वकपमा १० टोलीको सहभागिता रहेको छ । यसपटक भारत, इंग्ल्यान्ड र अष्ट्रेलियालाई प्रमुख दावेदारको रुपमा हेरिएको छ ।
हरेक खेलाडीको सबै भन्दा ठूलो सपना आफ्नो देशको लागि विश्वकप खेल्ने हुन्छ । विश्वप्रसिद्ध खेलाडीहरु आफ्नो देशलाई विश्वकप जिताउँदै क्रिकेटबाट विश्राम लिने ईच्छा राखेका हुन्छन् । केहिको पुरा हुँदा धेरैको सपना अधुरै रहने गर्दछ । यस विश्वकपपछि थुप्रै स्टार खेलाडीहरुले सन्न्यास लिने अनुमान गरिएको । यस विश्वकप खेलेका थुप्रै विश्व स्टार खेलाडीलाई आगमी चार वर्षपछि भारतमा हुने विश्वकपमा देख्न पाईने छैन । त्यस्तै यी ४ स्टार खेलाडीको यो नै अन्तिम वान डे विश्वकप हुने छ ।
४. जेपी ड्यूमिनी (दक्षिण अफ्रिका)
दक्षिण अफ्रिकी उत्कृष्ट अलराउन्डर जेपी ड्युमिनीको लागि यो वान डे विश्वकप अन्तिम हुने छ । ड्यूमिनीले दुई महिना अघिनै विश्वकपपछि वान डे क्रिकेटबाट सन्न्यासको घोषणा गरि सकेका छन् । ३५ वर्षिय उनले सन् २००४ मा श्रीलंकाविरुद्ध वान डे क्रिकेटमा डेब्यू गरेका थिए ।

ड्युमिनिले कुल १ सय ९४ वान डे खेलमा ४ शतक र ८ अर्ध शतक सहित कुल ५ हजार ४७ रन बनाएका छन् । उनको सर्वाधिक स्कोर १ सय ५० नट आउट छ । बलिङतर्फ उनले १ सय ७५ वान डे खेलमा ६८ विकेट लिएका छन् । ड्यूमिनी उत्कृष्ट फिल्डिर समेत हुन् । ढल्किदो उमेरसँग सन्न्यास लिई सकेका ड्युमिनीको यो अन्तिम वान डे विश्वकप हुने छ । टी ट्वान्टी क्रिकेट भने केहि समय खेल्ने बताएका छन् ।
३. इमरान ताहिर (दक्षिण अफ्रिका)
स्पिनर इमरान ताहिरको वान डे विश्वकप अन्तिम हुने छ । ताहिर यस विश्वकपमा सर्वाधिक उमेरका खेलाडी समेत हुन् । ताहिरले पनि गत फागुनमै विश्वकपपछि वान डे क्रिकेटबाट सन्न्यास लिने घोषणा गरिसकेका छन् । ४० वर्षिय ताहिरले वान डे क्रिकेटमा सन् २०११को विश्वकपमा वेस्ट इन्डिजविरुद्ध डेब्यू गरेका थिए ।

त्यसयता निरन्तर दक्षिण अफ्रिकाबाट पहिलो रोजाईको स्पिनरमा मैदान उत्रिरहेका ताहिरले ९६ वान डे खेलमा १ सय ६२ विकेट लिएका छन् । जसमा ईकोनमी रेट ४.६२ को हुँदा वेस्ट प्रर्दशन ७ –४५ छ । ताहिर पछिल्लो समय उत्कृष्ट लयमा रहेका छन् । आईपीएलमा सर्वाधिक विकेट लिने खेलाडी बनेका ताहिरले विश्वकपमा पनि त्यहि लयलाई निरन्तरता दिने अपेक्षा गरिएको छ ।
२. क्रिस गेल (वेस्ट इन्डिज)
वेस्ट इन्डिजका ओपनर तथा विष्फोटक ब्याट्सम्यान क्रिस गेलको लागि पनि योे विश्वकप अन्तिम हुनेछ । गेलले यसअघिनै विश्वकपपछि वान डे क्रिकेटबाट सन्न्यास लिने घोषणा गरि सकेका छन् । गेलमा नाममा थुप्रै विश्व रेकर्ड छन् । ठूला ठूला शटको लागि गेल विश्वमै चर्चित छन् ।

गेलको यो पाँचौ वानडे विश्वकप हो । यस अघि गेलले सन् २००३,२००७,२०११ र २०१५ को विश्वकपमा सहभागिता जनाई सकेका छन् । गेलले २ सय ८९ खेलमा २५ शतक ३७ अर्ध शतक सहित कुल १० हजार १ सय ५१ रन जोडेका छन् । जसमा सर्वाधिक स्कोर २ सय १५ छ । गेलले १ सय ९५ खेलमा १ सय ६५ विकेट पनि हात पारेका छन् ।
१. महेन्द्रसिंह धोनी (भारत)
भारतीय क्रिकेट टोलीका पुर्व सफल कप्तान तथा सर्वोत्कृष्ट विकेटकीपर महेन्द्रसिंह धोनीको पनि यो विश्वकप अन्तिम हुनेछ । एक दिवसिय विश्वकप, टी ट्वान्टी विश्वकप र टेष्ट च्याम्यिनशिप ट्रफीका रुपमा आईसीसीको तीनै ठूला प्रतियोगिता जिताउने एक्लो कप्तान धोनीले सन् २००४ मा बंगलादेशविरुद्ध डेब्यू गरेका थिए । धोनीले ३ सय ४१ खेलमा २ सय ८९ इनिंगमा १० शतक र ७१ अर्ध शतक सहित कुल १० हजार ५ सय रन जोडेका छन् ।

यस पटक भारतलाई विश्वकप जिताउदै धोनी क्रिकेटबाट संन्यास लिन चाहन्छन् । विश्वकपपछि धोनीले सन्न्यास लिने निश्चित जस्तै छ । युवा खेलाडी ऋषभ पन्तले निरन्तर उत्कृष्ट प्रर्दशन गरिरहेको अवस्थामा धोनीले सन्न्यास नलिए पनि आगमी दिनमा भारतीय टोलीमा उनको सम्भावना कमजोर देखिन्छ ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]