7 years ago
May 29, 2019
एजेन्सी – एकदिवसिय विश्वकपमा घरेलु टोली इंग्ल्यान्डलाई उपाधिको प्रमुख दाबेदार टोली मानिएको छ । आईसीसी वरीयतामा शीर्षस्थानमा रहेको इंग्ल्यान्ड पनि घरेलु मैदानमा पहिलो पटक उपाधि जित्ने अवसर खेर फाल्न चाहँदैन ।
सन् १९७५ देखी सुरु भएको वान डे विश्वकपमा हालसम्म इंग्ल्यान्डले उपाधि जित्न सकेको छैन । इंग्ल्यान्डमा पाँचौ पटक विश्वकप हुन लागेको हो । यस अघिका सुरुवाती तीन संस्करण र सन् १९९९ को विश्वकप इंग्ल्यान्डमानै भएको थियो । इंग्ल्यान्ड ३ पटक विश्वपको फाईनलमा पराजित भएको छ । सन् १९७९ को फाईनलमा वेस्ट इन्डिजसँग ९२ रनले पराजित भएको थियो । १९८७ को फाईनलमा अष्ट्रेलियासँग ७ रनले पराजित भएको थियो ।
सन् १९९२ मा पाकिस्तानसँग २२ रनले हार्दै उपाधि जित्न चुकेको इंग्ल्यान्ड त्यस यता फाईनल सम्मको यात्रा तय गर्न सकेको छैन । यस पटक घरेलु मैदान र समर्थक सामु इंग्ल्यान्डलाई पहिलो उपाधि जित्ने सुनौलो अवसर छ । इंग्ल्यान्डले पहिलो पटक उपाधि जित्ने सक्ने ३ बलिया आधार पनि छन् ।
३. घरेलु समर्थक र मैदान
घरेलु समर्थक र मैदानलाई १२ औं खेलाडी भन्ने गरिन्छ । घरेलु समर्थकको साथ र समर्थनले खेलडीलाई थप उर्जा, जोश, जागँर साथै हौसला मिल्ने गर्छ । समर्थकले पनि विपक्षी टोलीलाई दबाबमा राख्न सक्छन् । समर्थकको राम्रो साथ पाउने इंग्ल्यान्डलाई घरेलु मैदानको बारे पनि राम्रो सँग थाहा छ । कतिपय टोलीलाई धेरै मैदानको बारे नै थाहा नहुन सक्छ ।

आफ्नो सम्पूर्ण मैदानको बारे राम्रोसँग थाहा हुँदा कुन मैदानमा कुन खेलाडीलाई उतार्ने भन्ने सहि निर्णय लिन सहज हुन्छ । कुनै मैदान ब्याटिङ उपयोगि हुँदा कुनै बलिङलाई साथ मिल्ने हुन्छ । मैदानसँगै समर्थकको साथको फाईदा उठाउदै इंग्ल्यान्डले यो पटक उपाधि जित्न सक्छ ।
२. मजबुत ओपनर
इंग्ल्यान्डले ओपनर जोडीको रुपमा जोसन रोय र जोनी बेयरस्टोलाई मैदान उतार्ने निश्चित छ । विकल्पको रुपमा जेम्स भिन्स पनि छन् । रोय र बेयरस्टोले पछिल्लो एक वर्ष उत्कृष्ट प्रर्दशन र साझेदारी गर्दै आएका छन् । घरेलु लिगमा उत्कृष्ट प्रर्दशन गर्दै विश्वकप टोलीमा परेका भिन्सको प्रर्दशन पनि लोभलाग्दो छ ।

रोय सुरुवात देखिनै विश्फोटक ब्याटिङ गर्न माहिर रहँदा बेयरस्ट्रो र भिन्स डबल सिंगल रन जोड्दै ब्याट्सम्यानलाई दववमा राख्ने गर्दछन् । तीनै खेलाडी मध्य दुईले आफ्नो उत्कृष्ट प्रर्दशनमा इंग्ल्यान्डको विशाल योगफल तयार गर्न र सहजै पुरा गर्न पनि सक्छन् । गत वर्ष जुनमा अष्ट्रेलियाविरुद्ध रोय र जोनीले १ सय ५९ रनको उत्कृष्ट साझेदारी गरेपछि इंग्ल्यान्डले ४ सय ८१ रन बनाएको थियो ।
इंग्ल्यान्डको सुरुवात राम्रो हुन सके मध्यक्रमका जो रुट र ओइन मोर्गनले ठूलो इनिङ खेल्न सक्छन् । वर्तमान क्रिकेटकै सर्वोत्कृष्ट विश्फोटक ब्याट्सम्यान तथा विकेट किपर जस बटलरले तल्लोक्रममा ठूलो इनिङ खेल्दै इंग्ल्यान्डको जित पक्का गर्न सक्छन् । आईपीएल र पाकिस्तानसँगको सिरिजमा उत्कृष्ट प्रर्दशन गरेका बटलरको प्रर्दशन इंग्ल्यान्डको लागि निकै महत्वपूर्ण हुने छ । विशाल लक्ष्य पछ्याउन सक्ने ब्याट्सम्यान इंग्ल्यान्डको टोलीमा हुँदा पहिलो पटक उपाधि जित्न सक्छ ।
१. उत्कृष्ट अलराउन्डर
यस पटक इंग्ल्यान्डको सबैभन्दा बलियो हतियार पनि अलराउन्डर नै हो । यस विश्वकपमा सर्वाधिक अलराउन्डर खेलाडी पनि यसै टिममा छन् । हरेक टोलीको चाहाना टोलीमा धेरै अलराउन्डर राख्ने हुन्छ । ब्याट्सम्यान र बलर हरेक दिन नचल्न सक्छन् । तर अलराउन्डर खेलाडीले ब्याट र बल मध्य एकमा राम्रो गर्न सक्छ । कुनै दिन ब्याट र बल दुबैमा चम्कन सक्छ ।

जोफ्रा आर्चर, क्रिस वोक्स, मोइन अली, बेन स्टोक्स र टम करन अलराउन्डरका रुपमा छन् । यी पाँच मध्य सबैले ब्याट र बल दुवैबाट उत्कृष्ट प्रर्दशन गर्दै टोलीको सहज जित पक्का गर्न सक्छन् । बेन स्टोक्स तल्लोक्रममा ठूलो इनिङ र शट खेल्न माहिर छन् । तीव्र गतिमा बलिङ गर्ने स्टोक्स मिडिल अडर धरासय बनाउन सक्छन् ।
उत्कृष्ट लयमा रहेका मोइन अली प्रमुख स्पिनर हुँदा तल्लोक्रममा ठूला ठूला शट प्रहार गर्दै खेलनै परिवर्तन गर्न सक्छन् । फ्रेन्चाइज र घरेलु प्रतियोगितामा निरन्तर उत्कृष्ट प्रर्दशन गरेपछि विश्वकप टोलीमा परेका जोफ्रा आर्चर डेथ ओभर र पावर प्लेमा उत्कृष्ट बलिङसँगै तल्लोक्रममा ठूला शट सिपालु छन् । क्रिस वोक्सले पनि तीव्र गतिसँगै उत्कृष्ट ब्याटिङ गर्न सक्ने क्षमता राख्छन् ।
उत्कृष्ट लयमा रहेका टम करन मध्य क्रममा बलिङसँगै तल्लोक्रम्मा विश्फोटक ब्याटिङसँगै ठूलो इनिङ खेल्ने हुँदा अलराउन्डरकै उत्कृष्ट प्रर्दशनमा इंग्ल्यान्डले पहिलो पटक उपाधि जित्न सक्छ । अलराउण्डरको उत्कृष्ट प्रर्दशन विना इंग्ल्यान्डलाई विश्वकप जित्न कठिन पर्छ ।
विश्वकप खेल्ने इंग्ल्यान्डको पूर्ण टोली :
इओन मोर्गन (कप्तान), मोईन अली, जोनी बयरस्टो, जस बटलर, टम करन, जोफ्रा आर्चर, जेम्स भिन्स, लियाम प्लन्केट, आदिल रासिद, जो रुट, जोसन रोय, बेन स्टोक्स, लियाम डसन, क्रिस वोक्स, मार्क वुड ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]