7 years ago
May 30, 2019
काठमाडौं (हाम्रो खेलकुद) – चितवनमा धुर्मुस-सुन्तली फाउन्डेसनद्धारा निमार्णधिन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको कार्य केहि समयको लागि स्थगित भएको छ ।

बुधबार पश्चिमतर्फको तारबार अराजकीय तरिकाबाट स्थानिय समूहले डोजर लगाएर भत्काइदिएपछि केहि समयको लागि स्थगित गरेको फाउण्डेसनका अध्यक्ष सिताराम कट्टेल (धुर्मुस) ले एक प्रेस विज्ञप्ती जारी गर्दै जनाएका छन् । जारी विज्ञप्तीमा कार्य वातावरण, कर्मचारी, कामदारको जिउ ज्यान र भौतिक सम्पतीको सुरक्षाको विषयमा खतरा बढेको र स्थानिय समाधान र कार्यवाताबरण तयार नहुन सम्म रंगशालाको निर्माण कार्य स्थगित गरिएको जनाइएको छ ।
बुधबार विहान बाटोको माग गर्दै झन्डै २ सय जना स्थानियको समुहले डोजर लगाएर बार भत्काएका थिए । जुन बार मंगलबारमात्रै लगाइएको थियो । बार भत्काएकोमा कट्टेल निकै भावुक रुपमा प्रस्तुत भए ।
‘केहि राजनीतिक शक्तिको आडमा नियोजित रुपमा जुन बार भत्काइएको छ । यो सबै भन्दा दुःखद घटना हो । सायद जीवनमा यो भन्दा कारुणिक घटना मैले देखेको थिएन । स्थानियकै सहमतिमा तारबार लगाएका थियौं । बाटो दिने सहमति पनि भएको हो,’ कट्टेलले भने, ‘हामीलाई सहयोग गर्ने विदेशमा रहेका नेपाली पसिना माथिमा डोजर लगाईयो । पटक पटक स्थानियलाई राखेर कुरा गर्दै डिपिआर आएपछि बाटो दिने सहमति भएको थियो ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]