7 years ago
May 30, 2019
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको प्रधानमन्त्री राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदुरपश्चिमले प्रदेश ५ लाई १ सय ८९ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुर क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको सुदुरपश्चिमले ४९.५ ओभरमा १ सय ८८ रन बनाउन सबै विकेट गुमायो । उसका ओपनर खडक बोहोराले सर्वाधिक ६२ रनको योगदान दिए । ४० ओभरको चौथो बलमा रन आउट हुनुअघि उनले १ सय ७ बलमा ७ चौका र १ छक्का प्रहार गरे । नरेश बोहोराले ३१ रनको योगदान दिए । ४२ ओभरको पाँचौ बलमा कृष्ण कार्कीले सुवेन्दु पान्डेबाट क्याच आउट गराउनु अघि ५४ बलमा १ चौका प्रहार गरे ।
एक समय २४.४ ओभरमा ८१–५ को कमजोर अवस्थामा पुगेको सुदुरपश्चिमलाई छैटौं विकेटका लागि खड्क बोहोरा र नरेश बोहोराले ६० रनको साझेदारी गरेपछि प्रतिस्पर्धात्मक योगफल सम्म पुग्न सफल भएको हो । सुदुरपश्चिमका अन्य लोकेश बम ३० बलमा समान १ चौका र छक्का सहित १९,विपिन रावल ७, कप्तान शेर मल्ल ९,रोशन अधिकारी ४,बसन्त कार्की ६,आकाश चन्द ८ रनमा आउट भए । त्यस्तै नरेन्द्र साउदले २१ र विनोद लामाले ८ रन बटुले ।
सिद्धान्त शाही, कृष्ण कार्की र जितेन्द्र साहनीले समान २ विकेट लिए । सन्दीप सुनार,अनिल खरेल र विक्रम भुषालको नाममा समान १ विकेट रह्यो ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]