default_image

7 years ago

May 31, 2019

‘वेस्ट इन्डिजले ५०० रन बनाउन सक्छ’ – शाई होप

149 views

0 Bookmark

एजेन्सी – वेस्ट इन्डिजका ओपनर तथा युवा खेलाडी शाई होपले विश्वकप सुरुहुनु अघि आफ्नो टोलीले वान डे क्रिकेटमा ५ सय रन बनाउन सक्ने क्षमता रहेको बताएका छन् ।

एकदिवसीय विश्वकपको १२ औं संस्करण आजदेखि इंग्ल्यान्ड र वेल्समा सुरु हुँदै छ । जुलाई १४ सम्म चल्ने प्रतियोगितामा १० देशले एक अर्कासँग प्रतिस्पर्धा गर्नेछन् । लिगपछि शीर्ष चार टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् ।

इंग्ल्यान्डको मैदानमा यसपटक केहि क्रिकेट विश्लेषकहरुले ५ सय रन पनि बन्न सक्ने बताएका छन् । हालसम्म वान डे क्रिकेटमा उच्च स्कोर ४ सय ८१ रहेको छ । जुन गतवर्ष इंग्ल्यान्डले घरेलु मैदानमा अष्टेलियाविरुद्ध प्रहार गरेको थियो । यसपटक ४ सय ८१ को रेकर्ड तोडीदै ५ सय सम्म रन बन्न सक्ने चर्चा चलिरहेको छ ।

यसै क्रममा युवा खेलाडी तथा विकेटकीपर शाई होपले वेस्ट इन्डिजले ५ सय रन बनाउन सक्ने क्षमता रहेको बताएका छन् । वेस्ट इन्डिजले वार्मअप खेलमा न्युजिल्यान्डविरुद्ध ४ सय २१ रन बनाएको थियो ।

‘५ सय रन बनाउने पहिलो टिम बन्न सक्ने प्रयास गर्न सक्छौं । यदी हामीले वान डे क्रिकेटमा सबैभन्दा पहिला ५ सय रन बनाउँछौं भने त्यो ठूलो उपलब्धि हुने छ,’ होपले थपे, ‘हामीसँग जुन प्रकारका विष्फोटक ब्याट्सम्यान छन् त्यो देख्दा मलाई लाग्छ ५ सय रन बनाउन सकिन्छ ।’

वेस्ट इन्डिजमा होपसँगै, क्रिस गेल,आन्द्र रसेल, एभिन लुईस, शिमरोन जेटमायर, जेसन होल्डर र निकोलस पुरन जस्ता विष्फोटक ब्याट्सम्यान छन् । यी सबै खेलाडीले आफ्नो एकल प्रर्दशनमै खेल परिवर्तन गर्न सक्ने क्षमता राख्छन् । वेस्ट इन्डिजका खेलाडी हेर्दा ५ सय रन बनाउने रेकर्ड बन्न सक्ने देखिन्छ । विश्वकपमा वेस्ट इन्डिजले शुक्रबार पाकिस्तानसँग खेल्दै सुरुवात गर्नेछ ।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.