7 years ago
May 30, 2019
काठमाडौं (हाम्रो खेलकुद) – धुर्मुस सुन्तली फाउन्डेसनले निमार्ण गर्न लागेको गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगशालाको पश्चिमतर्फको अस्थायी बार भत्काउनेलाई कारबाही गर्न गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगशाला निर्माण परियोजना खेलकुद विकास समितिले माग गरेको छ ।

बिहीबार खेलकुद विकास समितिका संयोजक दीपक विष्टले एक प्रेस विज्ञप्ती जारी गर्दै कडा कारबाहीको माग गरेका छन् । ‘रंगशाला परियोजनाको पश्चिमतर्फको अस्थायी बार केहि स्थानियहरुको समूहले मंगलबार बिहान डोजर लगाएर भत्काएको भन्ने खबरले हामी दुःखी भएका छौं । देशकै गौरव बोकेको परियोजना निर्माणमा अवरोध पुग्ने गरि जुन घटना भएको छ त्यसमा घोर भर्त्सना गर्दै दोषीमाथि कारवाहीको जोडदार माग गर्दछौं’, विज्ञप्तीमा भनिएको छ ।

अभियानलाई सहयोग गर्न सकिन्न भने असहयोग पनि नगर्न आग्रह गरिएको छ । विज्ञप्तीमा छिटो भन्दा छिटो निर्माण कार्यलाई अघि बढाउने वातावरण तयार पार्न सरकार, भरतपुर महानगरपालिका र सम्बन्धित निकायको ध्यानाकर्षण पनि गराईएको छ । संयोजक विष्टले जारी गरिएको विज्ञप्तीमा फाउन्डेसनलाई आफ्नो योजनामा रत्तिभर विचलित नभई लाग्न आग्रह पनि आग्रह गरिएको छ ।
खेलकुद समितिमा हरि खड्का (फुटबल), संगीना वैद्य (तेक्वान्दो), भरत शाह (भलिबल), विनोद दास (क्रिकेट), गौरिका सिंह (पौडी), दिपक श्रेष्ठ (कराँते), रुबिना क्षेत्री (क्रिकेट), सरस्वती चौधरी (भलिबल), दिपक महर्जन (बक्सिङ), महेश्वर महर्जन (बडी बिल्डिङ), सावित्रा भण्डारी ‘साम्बा’ (फुटबल), अनिल गुरुङ (फुटबल) र छुम्बी लामालगायतको समिति रहेको संयोजक बिष्टले बताएका छन् ।
यो अभियानको सद्भावना दूतका रुपमा राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्का र राष्ट्रिय खेलाडी सन्दीप लामिछाने रहेका छन् ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]