default_image

7 years ago

May 30, 2019

प्रदेश पाँच र सुदूरपिश्चमको खेल वर्षाको कारण रद्द

98 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको प्रधानमन्त्री राष्ट्रिय क्रिकेट प्रतियोगितामा बिहीबारको सुदुरपश्चिम र प्रदेश ५ बीचको खेल वर्षाको कारण रद्द भएको छ ।

१ सय ८९ रनको लक्ष्य पछ्याएको प्रदेश ५ ले १९ ओभरमा ४ विकेट गुमाउँदै ५६ रन बनाएको अवस्थामा पानी परेपछि दुबै टोलीले १-१ अंक बाँडेका छन् । पानी पर्नु अघि सुवेन्द्र पाण्डेले ५६ बलमा ४ चौका सहित २९ रन जोडे । ओपनर सन्दीप सुनार ३, अनुपम सिंह२ र निश्चल चौधरी ४ रनमा आउट भए । सुरोज दराल ८ र सौरभ खनाल ४ रनमा खेलि रहेको अवस्थामा वर्षा सुरु भएको थियो । सुदुरपश्चिमका लागि विनोद लामाले २,नरेन्द्र साउद र आकश चन्दले समान १ विकेट हात पारे ।

त्यसअघि कीर्तिपुर क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको सुदुरपश्चिमले ४९.५ ओभरमा १ सय ८८ रन बनाउन सबै विकेट गुमायो । उसका ओपनर खडक बोहोराले सर्वाधिक ६२ रनको योगदान दिए । ४० ओभरको चौथो बलमा रन आउट हुनुअघि उनले १ सय ७ बलमा ७ चौका र १ छक्का प्रहार गरे । नरेश बोहोराले ३१ रनको योगदान दिए । ४२ ओभरको पाँचौ बलमा कृष्ण कार्कीले सुवेन्दु पान्डेबाट क्याच आउट गराउनु अघि ५४ बलमा १ चौका प्रहार गरे ।

एक समय २४।४ ओभरमा ८१–५ को कमजोर अवस्थामा पुगेको सुदुरपश्चिमलाई छैटौं विकेटका लागि खड्क बोहोरा र नरेश बोहोराले ६० रनको साझेदारी गरेपछि प्रतिस्पर्धात्मक योगफल सम्म पुग्न सफल भएको हो । सुदुरपश्चिमका अन्य लोकेश बम ३० बलमा समान १ चौका र छक्का सहित १९,विपिन रावल ७, कप्तान शेर मल्ल ९,रोशन अधिकारी ४,बसन्त कार्की ६,आकाश चन्द ८ रनमा आउट भए । त्यस्तै नरेन्द्र साउदले २१ र विनोद लामाले ८ रन बटुले ।

सिद्धान्त शाही, कृष्ण कार्की र जितेन्द्र साहनीले समान २ विकेट लिए । सन्दीप सुनार,अनिल खरेल र विक्रम भुषालको नाममा समान १ विकेट रह्यो ।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.