7 years ago
May 31, 2019
एजेन्सी – एकदिवसिय विश्वकप क्रिकेट प्रतियोगितामा दक्षिण अफ्रिका ४० वर्षिय स्पिनर इमरान ताहिरले नयाँ कीर्तिमान रचेका छन् ।

बिहीबार भएको उद्धघाटन खेलमा घरेलु टोली इंग्ल्यान्डले दक्षिण अफ्रिकालाई १ सय ४ रनले पराजित गर्दै विजयी सुरुवात गरेको छ । टस जितेर दक्षिण अफ्रिकाले बलिङ गर्ने निर्णय लिर्दै पहिलो ओभरमै स्पिनर इमरान ताहिरलाई बलिङ गर्न ल्याएको थियो । वान डे विश्वकपको इतिहासमा पहिलो खेलमै पहिलो ओभर बलिङ गर्ने ताहिर पहिलो स्पिनर हुन् । ४४ वर्षको विश्वकप इतिहासमा पहिलो खेलमै कुनै पनि स्पिनरले पहिलो ओभर बलिङ गरेका थिएनन् ।
ताहिरले दोस्रो बलमै जोनी बेयरस्टोलाई क्विन्टन डीककबाट क्याच गराउँदै शून्यमा पेभिलिएन फर्काए । विश्वकपमा पहिलो ओभरमा विकेट लिने ताहिर दोस्रो बलर बने । यसअघि सन् १९९२ को विश्वकपमा अस्ट्रेलियाका तीव्र गतिका बलर क्रेग म्याकडरमटले न्युजिल्यान्डविरुद्ध पहिलो ओभरमै विकेट लिएका थिए ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]