default_image

7 years ago

May 31, 2019

पाकिस्तान र वेस्ट इन्डिजको अग्निपरीक्षा!

174 views

0 Bookmark

एजेन्सी – इंग्ल्यान्ड र वेल्समा जारी एक दिवसिय विश्वकप क्रिकेटमा आज पाकिस्तान र वेस्ट इन्डिजबीच प्रतिस्पर्धा हुँदै छ । खेल नेपाली समयअनुसार  ३:१५ देखि सुरु हुने छ ।

वेस्ट इन्डिजले विश्वकपको सुरुवाती दुई संस्करण (सन् १९७५,१९७९) को उपाधि जितेको थियो । पाकिस्तानले सन् १९९२ मा इमरान खानको कप्तानीमा इंग्ल्यान्डलाई २२ रनले हराउँदै विश्वकप जितेको थियो । समग्रमा हेड टु हेडमा पाकिस्तान भन्दा वेस्ट इन्डिज धेरै अघि छ । हालसम्म यी दुई देशबीच १ सय ३३ वान डे खेल हुँदा ७० खेलमा वेस्ट इन्डिज र ३० खेलमा पाकिस्तान विजयी भएको छ । ३ खेल बराबरीमा सकिएको छ । लिग तालिकाको शीर्ष चारमा रहेर सेमिफाईनल खेल्ने दाउँमा रहेका दुवै टोलीलाई एक अर्काबीच अग्निपरिक्षा हुने छ ।

दुवै टोली सुखद सुरुवात गर्न चाहान्छन् । पछिल्लो समय खराव प्रर्दशनबाट गुज्रि रहको पाकिस्तान सबै प्रर्दशनलाई बिर्साउँदै विश्वकपमा उत्कृष्ट सुरुवात गर्न चाहन्छ । पाकिस्तान पछिल्ला १० खेलमा लगातार पराजित भएको छ । अष्ट्रेलियासँग ५–० र इंग्ल्यान्डसँग ४–० ले ओडीआई सिरिज गुमाएको पाकिस्तानले वार्मअप खेलमा अफगानिस्तानसँग पनि पराजित हुनपुग्यो ।

यता वार्मअप खेलमा न्युजिल्यान्डलाई ९१ रनले पराजित गरेको वेस्ट इन्डिजको मनोबल उच्च छ । जुन खेलमा वेस्ट इन्डिजले ४ सय २१ रनको विशाल योगफल बनाएको थियो । वेस्ट इन्डिज वार्मअप खेलको नतिजालाई निरन्तरता दिन चाहान्छ ।

वेस्ट इन्डिजका युवा खेलाडी विकेटकीपर शाई होप उत्कृष्ट लयमा छन् । होपलाई रोक्न पाकिस्तानका बलरलाई कठिन हुने देखिन्छ । उनले पछिल्ला ११ खेलमा ४ शतक र ३ अर्ध शतक प्रहार गरेका छन् । वार्मअप खेलमा न्युजिल्यान्डविरुद्ध पनि शतक प्रहार गरेका थिए ।

विस्फोटक ब्याटिङ गर्न माहिर आन्द्रे रसेलको प्रर्दशन पनि वेस्ट इन्डिजको लागि निकै महत्वपूर्ण हुने छ । आईपीएलमा थुप्रै असम्भव बनेको जित सहज जिताएका रसेलले वार्मखेलमा पनि उत्कृष्ट ब्याटिङ गर्दै आफ्नो लयलाई निरन्तरता दिए । त्यस्तै अन्तिम वान डे विश्वकप खेलि रहेका क्रिस गेल पनि राम्रो लयमा छन् ।

गेल, रसेल, होप, शिमरोन हिटमायर, निकोलस पुरन, जोसन होल्डर, इविन लुईस जस्ता आक्रामक ब्याट्सम्यान रहेको वेस्ट इन्डिजले पाकिस्तानविरुद्ध रनको पहाड बनाउन सक्ने अनुमान गरिएको छ । थोमस ओशन, एशले नर्श, फविन एलिन, केमार रोच, शेल्डन कोटरेल उसका बलिङ हतियार हुन् । सम्रगमा वेस्ट इन्डिजको बलियो हतियार विश्फोटक ब्याटिङ र अलराउण्डर खेलाडीको लय हो ।

पाकिस्तानका लागि ओपनर फकार जमान र इमाम उल हकको प्रर्दशन महत्वपूर्ण हुने छ । त्यस्तै उत्कृष्ट लयमा रहेका बाबर आजम राम्रो साथको खोजिमा छन् । अनुभवी मोहम्मद हफिज, ह्यारिस सोहेल, सोएव मालिक, कप्तान सरर्फराज मध्य क्रमका भरपर्दा ब्याट्सम्यान हुन् । फिनिसर भने पाकिस्तानको केहि कमजोर देखिन्छ ।

हसन अली, मोहम्मद आमिर, वहाब रियाज, मोहम्मद हुसेन, शाहिन साह अफ्रिदी तीव्र गतिका बलिङ हतियार हुन् । सादव खान र इमान वासिम स्पिनर तथा तल्लोक्रममा ब्याटिङ गर्न सक्ने क्षमता राख्दछन् ।

वेस्ट इन्डिजको पूर्ण सदस्य टोली :
जोसन होल्डर(कप्तान), क्रिस गेल, आन्द्रे रसेल, शिल्डन कोटरेल, शैनन गेब्रियल, किमर रोच, निकोलस पुरन, एशले नर्श, फबिन एलीन, शिम्ररोन हिटमायर, शाई होप, ओशन थोमस, कार्लोस बर्थवेट, डरेन ब्राभो, इभिन लुईस ।

पाकिस्तानको पूर्ण टोली :
सरफराज अहमद (कप्तान तथा विकेटकीपर), मोहम्मद आमिर, बाबर आजम, वहाब रियाज, फखार जमान, ह्यारिस सोहेल, हसन अली, ईमाद वासिम, इमाम उल हक, आशिफ अली, मोहम्मद हफिज, मोहम्मद हुसेन, सादब खान, शाहिन शाह अफ्रिदी, सोएब मालिक ।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.